धनगढी पोष्ट
शुक्रबार, १० पुष २०७७ मा प्रकाशित
धनगढी
गोदावरी नगरपलिका स्थित अत्तरिया बजारबाट चितुवाको छाला, हड्डी तथा लागु औषध चरेश सहित ४ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार शुक्रबार बिहान अत्तरिया बजारबाट चितुवाको छाला र हड्डी सहित ३ जनालाई पक्राउ गरिएको ।
पक्राउ पर्नेमा डोटीको जोरायल गाउँपालिका–४ का ३१ बर्षे किरन पुन, आदर्श गाउँपालिका–५ का ३५ बर्षे बिरबहादुर धामी र सोही ठाउँका २२ बर्षे योगेन्द्र धामी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
चितुवाको छाला ओसारपसार भइरहेको भन्ने सुचनाको आधारमा सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल र जिप्रका कैलाली बाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए ।
पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धानका लागि जिप्रका राखिएको र चितुवाको छाला, हड्डी र मानिसलाई आजै डिभिजन वन कार्यालय धनगढी कैलालीमा पठाईएको प्रबक्ता विष्टले बताए ।
यसैगरी शुक्रबार नै अत्तरियाबाट ३ सय ३० ग्राम लागु औषध चरेश सहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका–१ का २६ बर्षे तोरण प्रसाद जोशी रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका जोशीबाट नगद १ लाख १२ हजार ३ सय २५ रुपैंया समेत बरामत गरिएको प्रहरी प्रबक्ता विष्टले बताए । पक्राउ परेका जोशीलाई आवश्यक अनुसनधानका लगि जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखिएको उनले बताए ।