धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

कृषि विकास बैंकको नवनिर्मित भवन तथा सुबिधा सम्पन्न लकर उद्घाटन

कृषि विकास बैंकको नवनिर्मित भवन तथा सुबिधा सम्पन्न लकर उद्घाटन

धनगढी

 कृषि बिकास बैंक धनगढी शाखा कार्यालयको आफ्नै नवनिर्मित बैंङ्किङ कार्यालय तथा सुविधा सम्पन्न लकर सेवा उद्घाटन गरिएको छ ।

बैंङ्कका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले भवन उद्घाटन गरेका हुन् । ग्रहकको सेवालाई मध्यनजर गर्दै प्रदेश कार्यालयमा रहेको जग्गा सुदुपयोग गरी आफ्नै शाखाबाट सेवा सुचारु गरिएको प्रमुख कार्यकारी अधिकृत उपाध्यायले बताए ।

 आफु कार्यकारी अधिकृत भएपछि देशका भाडामा रहेका बैंङ्किङ काउण्टर विस्थापित गर्दै आफ्नै कार्यालयमा राख्ने काम सुरु गरेको उनले बताए । जनताको विशवास जितेको कृषि विकास बैंकलाई थप व्यवस्थित बनाउन हामीले आफ्नै कार्यालय स्थापना गरी सेवा प्रदान गर्ने योजना बनाएका छौं उनले भने–‘जस अनुसार अहिले देशका विभिन्न स्थानमा आफ्नै कार्यालय निर्माण भइरहेका छन् ।

कृषि क्षत्र र साना ऋणलिने व्यवसायीलाई प्राथमिकतामा राख्दै कम नाफामा बढी सेवा दिने उद्देश्यका साथ कृषि विकास बैंकले काम गरिरहेको उनले बताए ।

 कृषि बिकास बैंङ्कका उपमहाप्रबन्धक धुब्रचन्द्र गौतमले ग्राहकलाई विश्वप्यापि रुपमा बैंकेले दिने सेवा उपलब्ध गराउन कृषि बिकास बैंक सक्षम रहेको बताए । उनले छिट्टै देश भरका बाणिज्य बैंङ्कहरुमा कृषि बिकास बैंङ्क १ नम्बर बन्ने बताए ।

 कृषि बिकास बैंङ्क सुदूरपश्चिम प्रदशका निर्देशक गोकुल पनेरुले आफ्नै भवनबाट ग्राहकलाई सेवा दिन पाउँदा खुशी लागेको बाए ।

 व्यवसयी तथा कृषि बिकास बैंङ्कका ग्राहक केएस कन्ट्रक्सनका सञ्चलक खडक सिंह पालले कृषि विकास बैंङ्क सवैको भरोसा र विश्वासको बैंङ्क भएको बताउँदै ग्राहकलाई बढी भन्दा बढी सेवा दिन आग्रह गरे । त्यसै गरी धुर्वतारा कन्ट्रक्सनका सञ्चालक धुर्व कुवरले पनि साना देखी ठुला उद्योगि, कृषक सवैको पहिलो रोजाईमा कृषि बिकास बैंङ्क पर्ने गरेको बताए ।

 कृषि बिकास बैंङ्क बैंङ्किङ कार्यालय धनगढीका प्रबन्धक राजेन्द्र जोशीको अध्यक्षतामा सम्पन्न भवन उद्द्दघाटन कार्यक्रम सञ्चालन बैंङ्कका कर्मचारी चक्रबहादुर कुञ्जेडाले गरेका थिए ।