धनगढी पोष्ट शनिबार, १८ असोज २०८३   October 3, 2026

मुक्त कमैयाँ परिवारलाई आधारभुत सेवा दिन गम्भिर छौं : मन्त्री

मुक्त कमैयाँ परिवारलाई आधारभुत सेवा दिन गम्भिर छौं : मन्त्री

धनगढी

 भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनीता चौधरीले मुक्तकमैया परिवारलाई आधारभूत सुविधा दिन प्रदेश सरकारले काम गरिरहेको बताएकि छन् ।

 धनगढी उप–महानगरपालिका–१७ धुरजन्ना मिलन मुक्तकमैया शिविरमा श–शक्तिकरणका क्षत्रमा युवाहरु (एस नेपाल) ले आयोजन गरेको सिमान्तकृत समुदयको सामाजिक, आर्थिक अधिकार सम्बन्धी सचेतना तथा स्थलगत कानूनी परामर्श सेवा अभियान कार्यक्रम समापन गर्दै मन्त्री चौधरीले संविधानमा उल्लेख भए अनुसारका आधारभुत सेव उपलब्ध गरउन सरकारले काम गरिरहेको बताइन् ।

 ‘कमैयाँ प्रथा अन्त्य भएपनि मुक्त भएका कमैयाँ परिवारलाई अझै व्यवस्थित गर्न सकिएको छैन’ मन्त्री चौधरीले भनिन्–‘संविधानमा नै अधिकार शुनिश्चित भएका छन्, त्यसको कार्यान्वयन गर्दै छौं ।’ मन्त्री चौधरीले लामो समयको प्रतिक्षा पछि देशमा जनताको संविधान बनेको बताउँदै नयाँ संविधानले घर आगनमै सरकार ल्याएको र त्यसको फाइदा उठाउन आग्रह गरिन् ।

 ‘पहिले जस्तो सरकार संग योजना माग गर्न काठमाण्डौं जानु पर्ने अवस्था अव छैन’ मन्त्री चौधरीले भनिन्–‘तपाई हाम्रै घर नजिकै स्थानीय तथा प्रदेश सकार छन्, आफ्ना समस्या लगेर माग गर्न अनुरोध छ ।’

 उनले मुक्तकमैया परिवारलाई रोजगारीमा जोड्न तत्कालका लागि मिलन मुक्त कमैया शिविरलाई ५ लाख बजेट विनियोजन गरेको र त्यसलाई सदुपयोग गरी रोजगारीका काममा लाग्न आग्रह गरिन् ।

 सुदूरपश्चिम प्रदेश सरकारका मुख्य न्यायधिवक्ता कुलानन्द उपाध्यायले मुक्त कमैयाँ महिलालाई राजनीतिमा पाइला चाल्न सुझाव दिए । उनले मुक्त कमैयाँ शिविरका महिलालाई कानूनी ज्ञान बुझन् आग्रह समेत गरे । ‘मुक्तकमयैयाँ शिविरका महिलाले सधै मज्दुरी गरेर खानुपर्छ भन्ने छैन’ उपाध्यायले भने–‘आफ्नो क्षमता अभिवृदि गर्दै राजनीतिमा यहाँका महिला उठ्नुपर्दछ, अर्को चुनाव सम्म मेयर उप–मेयरका उम्मेदवार बन्न म आग्रह गर्दछु ।’

उनले मुक्त कमैयाँ शिविरका लागि आवश्यक पर्ने आधारभूत सेवा सुविधा उपलब्ध गराउन तथा कानूनी परामर्श दिन आफुले सक्दो सहयोग गर्ने बताए ।

 पूर्व संविधान सभा सदस्य हरी श्रीपाइलीले मुक्त कमैयाँ परिवारको उचित व्यवस्थापन गर्न सरकार संग माग गरे । कमैयाँ प्रथा  मुक्त गरेको लामो सयम सम्म समेत मुक्त परिवारको अवस्था नसुध्रिएको बताउँदै उनले शिविरमा आयमुलक शिप सिकाउँदै उनिहरुलाई आत्मनिर्भर गराउन तर्फ प्रदेश सरकारको ध्यान जानुपर्ने बताए ।

 एस नेपाल कैललीका कार्यक्रम संयोजक नित्यानन्द जोशीले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य एस नेपालकी कार्यकारी अधिकृत दिपिका बोहराले गरेकिथिइन् । कार्यक्रम सुनिता चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।