धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

एनएनएसडब्लुएद्धारा संचालित कार्यक्रमबारे जानकारी

एनएनएसडब्लुएद्धारा  संचालित कार्यक्रमबारे जानकारी

धनगढी

 एनएनएसडब्लुएद्धारा संचालित कार्यक्रमबारे सरोकारवालालाई जानकारी गराईएको छ । सोमबार धनगढीमा एक कार्यक्रमको आयोजना गरि उक्त संस्थाले संचालन गरिरहेका बिभिन्न कार्यक्रमबारे जानकारीका साथै छलफल गरिएको हो ।

    एनएनएसडब्लुएका कार्यकारी निर्देशक अशोकबिक्रम जैरुको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास मन्त्री कृष्ण्राज सुबेदी प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा कार्यकारी निर्देशक अशोकबिक्रम जैरुले संस्थाले गरेका कार्यक्रम बारे जानकारी गराएका थिए । खासगरी एचआईभि, अपांगता सुशासन तथा अधिकारमुखि कार्य, जीविकोपार्जन लगायतका क्षेत्रमा काम गरिरहेको कार्यकारी निर्देशक जैरुले जानकारी दिए ।

 उनले संस्थाको संरचना, कार्यक्षेत्र, उपलब्धी लगायतका बारेमा जानकारी गराएका थिए । संस्थाले सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा बिभिन्न क्षेत्रमा काम गरिरहेको छ ।

 कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री कृष्णराज सुबेदीले संस्थाले राम्रो काम गरिरहेको अझै मन्त्रालय संग समन्वय गरि काम गर्न सुझाब दिए । उनले मन्त्रालय संस्थाहरुलाई सहयोग गर्न तयार  रहेको त्यसका लागि संस्थाहरुले ईमान्दारपुर्बक जनताका पक्षमा काम गर्नुपर्ने बताए । कार्यक्रममा बिभिन्न ब्यक्तिहरुले सुझाब दिएका   थिए ।