दलित महिला समुहलाई आत्म निर्भर बनाउन कृषि सामाग्री

दलित महिला समुहलाई आत्म निर्भर बनाउन कृषि सामाग्री

धनगढी

 ससानो पूजीमा कृषि व्यवसाय गरिरहेका दलित महिलालाई दलित महिला संघ (फेडो) कैलालीले वीउँ तथा कृषि सामाग्री हस्तान्तरण गरेको छ ।

कैलालीको बर्दगोरिया गाउँपालिका र गोदावरी नगरपालिकाका २० ओटा समुहका एक सय महिलालाई च्याउ तथा प्याजको वीउँ, सिचाई गर्ने हजारी, कुटो, रासायनिक रुपमा तयार पारिएको रासायनिक मल, शितलहरबाट लागने ढुसी नासक औषधी, बाल्टी र त्रिपाल वितरण गरिएको फेडो कैलालीका संयोजक विनोद घिमिरेले बताए ।

 उनका अनुसार गोदावरी नगरपालिकाका १० वटा समुहमा आबद्ध  ४० जना महिला तथा बर्दगोरिया गाउँपालिकामा रहेका १० वटा समुहमा आबद्ध २५ महिला गरी ६५ जनालाई ३÷३ किलो बराबरको प्याजको वीउँ किन्न नगद प्रदान गरिएको छ । भने प्याजको वीउँमा राख्ने जैविक मल, ढुसीनासक औषधी, हजारी र कुटो वितरण गरिएको छ ।

 यसै गोदावरी नगरपालिकाका १० र बर्दगोरिया गाउँपालिकाका २५ जना गरी ३५ जना महिलालाई ९÷९ पोका च्याउको वीउँ, त्रिपाल, च्याउ राख्ने पोलिथिन व्याग, हजारी र बाल्टि वितरण गरिएको छ ।

 दलित महिलालाई आत्मनिर्भर बनाई व्यवसयामा उन्मुख गराउने उद्देश्यले कृषिमा सहयोग गरिएको फेडो कैलालीकी कार्यवाहक अध्यक्ष सविना सुनारले बताइन् । हामीले लामो सयम देखी सामाजिक रुपमा पछाडी परेका दलित महिलालाई अधिकार प्राप्ति तथा कानूनी ज्ञानका बारेमा जानकारी गराउदै महिलालाई सुसुजिच गराउँदै आएका थियौं अध्यक्ष सुनारले भनिन्–‘अव उनिहरुलाई स्वरोज्गार बनाउन आय आर्जनमा जोड्नुपर्छ भन्ने योजना सहित कृषि व्यवसायमा सहयोग गर्दै आएका छौं ।

फेडो कैलालीका संयोजक विनोद घिमिरेले दलित महिलालाई स्वरोजगार बनाई समाजमा सम्मानजनक रुपमा बाँच्नुपर्छ भन्ने उद्देश्यले कृषि सामाग्री सहयोग गरिएको बताए ।

सानो लगानीबाट ठुलो व्यवसाय गर्न सकिन्छ ः कडायत

 गोदावरी नगरपालिकाकी उपमेयर रत्ना कडायतले ससानो लगानी गर्दै ठुला र सफल व्यवसायी बन्न दलित महिलालाई आग्रह गरेकि छन् । फेडोले दलित महिलाका लागि प्रदान गरेको कृषि सामाग्री हस्तान्तरण गर्दै उपमेयर कडायतले इच्छाशक्ति भए ससानो लगानीलाई व्यवस्थित गर्दै छोटो समयमा राम्रो प्रगति गर्न सकिने बताइन् ।

 ‘सानो लगानीबाट सुरु गरेको व्यवसायलाई व्यवस्थित गरेर छोटो समयमा सफल उद्यमि बनेका हाम्रै वरिपरी धेरै उदाहरण छन् कडायतले भनिन्–‘त्यसैले तपाईहरु पनि सफल व्यवसायी बन्ने बाटोमा लाग्नुहुने छ भन्ने विस्वास लिएकी छु । फेडो कैलालीले दलित महिला मध्यबाट पनि न्यून आर्थिक अवस्था भएका परिवारलाई समेटेर उनिहरुको जीविकोपार्जन सुधार्न महत्वपूर्ण भूमीका खेल्दै आएको उनले बताइन् ।

 ‘समाजमा धेरै संघ संस्थाले काम गरिरहेका छन् उनले भनिन्–‘तर कतिपयले पहुँचका भरमा लगानी गरेको पाइन्छ, फेडोले त्यसो गरेको छैन, निमुखा र पहुँच नपुगेका महिलाको पक्षमा सधैं काम गरिरहेका मैले देखेकी छु ।

 गोदावरी नगरपालिका८ का वडा अध्यक्ष नरेश बहादुर अधिकारीले आफुले पाएको कृषि सामाग्री र वीउँ विजनको सदुपयोग गरी आयआर्जनको बाटोमा लागन दलित महिलालाई सुझाव दिए ।

गोगावरी र बर्दगोरियाका महिलालाई घुम्ति कोष हस्तान्तरण

 सानो व्यवसाय सुरु गरिरहेका दलित महिलालाई व्यवसायमा लाग्न अभिप्रेरित गाउँने उद्देश्यका साथ गोदावरी र बर्दगोरिया गाउँपाकिाका दलित महिलालाई घुम्तीकोष हस्तान्तरण गरिएको  छ ।

 दलित महिला संघ (फेडो) ले गोदावरी र बर्दगोरिया गाउँपालिकाका १०÷१० जनालाई उनिहरुले गर्दै आएको व्यवसाय सञ्चालनमा टेवा पु¥याउने उद्देश्यले जनही १०÷१० हजारका दरले कोष हस्तान्तरण गरेको जनाएको छ ।

 फेडोद्वारा गठित महिला समुहमा आबद्ध भई व्यवसाय गरिरहेका महिलाई व्यवया सञ्चालन गर्न सहजहोस भन्ने उद्देश्यले घुम्तिकोषको रुपमा २ स्थानीय तहका २० जना महिलालाई आर्थिक सहयोग गरेको फेडो कैलालीका संयोजक विनोद घिमिरेले बताए । यस अघि पनि फेडो कैलालीले गोदावरी र बर्दगोरियाका महिलालाई घुम्तिकोष मार्फत सहयोग गर्दै आएको थियो ।