धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024
कोरोना कहर

सेतीमा कोरोनाका कारण मृत्यु भएका पुरुषको शव ब्यबस्थापन नेपाली सेनाले गर्दै

सेतीमा कोरोनाका कारण मृत्यु भएका पुरुषको शव ब्यबस्थापन नेपाली सेनाले गर्दै

धनगढी

    बुधबार बेलुका कोरोना संक्रमणका कारण सेती अस्पतालमा उपचारका क्रममा मृत्यु भएका पुरुषको अहिले केही बेरमा नेपाली सेनाले शव ब्यबस्थापन गर्दैछ ।

  कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराका अनुसार नेपाली सेनाको शव ब्यबस्थापन टोलीले धनगढीको मोहना घाटमा मृतकको शब ब्यबस्थापन गर्ने छ । उनका अनुसार मृतकका परिवारका सदस्यहरुले टाढैबाट सेनाले ब्यबस्थापन गरिरहेको हेर्न मात्र पाउने छन ।

  शनिवार कोरोना संक्रमण पुष्टि भएका कैलालीको गोदावरी नगरपालिका वडा नम्वर ४ का ४६ बर्षीय संक्रमित पुरूषको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

    स्वास्थ्य अवस्था बिग्रिएपछि सेती प्रादेशिक अस्पतालको आईसियूमा राखेर उपचार गराईरहेका उनको बुधबार साँझ मृत्यु भएको हो ।