धनगढी पोष्ट शुक्रबार, २९ चैत २०८१   April 11, 2025
कोरोना कहर

आफुले रेफर गरेकी बिरामीमा कोरोना भेटिएपछि लम्की अस्पताल अनिश्चितकालका लागि बन्द

धनगढी

 कैलालीको लम्कीचुहा नगरपालिकामा रहेको लम्की अस्पताल अनिश्चिकालिन बन्द गरिएको छ । आफ्नोमा उपचार गरि रेफर बिरामीमा मृत्युपछि कोरोना पुष्टि भएसंगै लम्की अस्पतालले अनिश्चितकालका लागि सम्पूर्ण सेवा बन्द गरेको  छ ।

 अस्पतालले आज एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण सेवा बन्द गरेको जनाएको छ । सुचनामा लम्की अस्पतालमा उपचार गरि कोहलपुर रेफर गरिएकी बिरामीको मृत्यु भएको र उनको मृत्यु पछि कोरोना पुष्टि भएकाले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा पनि जोखिम बढेको उल्लेख गरिएको छ ।

  ति महिलाको सम्पर्कमा रहेका अस्पतालका सम्पुर्ण स्वास्थ्यकर्मी एबं कर्मचारीको परिक्षण नगर्दा कोरोना संक्रमणको जोखिम बढने भएकाले परिक्षण गराई रिपोट नआउन्जेल सम्म अस्पतालका सम्पुर्ण सेवा बन्द रहने सुचनामा उल्लेख छ ।

  नेपालगंज मेडिकल कलेजमा उपचाररत कैलालीको लम्की चुहा नगरपालिका वडा नम्वर २ की ४३ बर्षीया महिलामा मृत्युपछि कोरोना पुष्टि भएको थियो । ति महिलालाई लम्की अस्पतालले रेफर गरेको  थियो ।

  टाउकोमा चोट लागेकी उनलाई ३१ गते नेपालगंज मेडिकल कलेज कोहलपुर लगिएकोमा मंगलवार मृत्यु भएको थियो । मृत्युपछि कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको भएको थियो ।