धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

सुदूरपश्चिमका उच्च क्षेत्रमा हिमपातको सम्भावना

सुदूरपश्चिमका उच्च क्षेत्रमा हिमपातको सम्भावना

धनगढी

 पश्चिमी वायुको प्रभावका कारण बदलिएको मौसम संगै सुदूरपश्चिममा मंगलबार सम्म चिसो बढ्ने तथा उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको संभावना बढेको छ ।

 जल तथा मौसम पूर्वानुमान महाँशाखा काठमाण्डौका अनुसार कैलाली कञ्चनपुरमा आगामी २ दीन सम्म बदली रही चिसो बढ्ने अनुमान गरिएको छ । तर उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने आगामी २ दिन सम्म नै हिमपातको संभावना रहेको जल तथा मौसम पूर्वानुमा महाँशाखाका मौसमविद शमिर श्रेष्ठले  बताए ।

 ‘कैलाली कञ्चनपुरमा आगामी दुई दिन सम्म बदली भएपनि बर्षाको संभावना न्यून रहेको छ मौसमविद श्रेष्ठले भने–‘तर उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने तीन दिन नै हिमपात हुने अनुमान गरिएको छ । बुधबार देखी मौसममा क्रमिक सुधार हुने र बिहीबार देखी पूर्णरुपमा मौसम सफा हुने उनले बताए ।

 भारतको राजधानी दिल्ली लगायतका क्षेत्रमा शनिबार देखि वर्षा सुरु भएकोमा त्यसको असर पश्चिम नेपालमा पनि परेको उनले बताए । पश्चिमी वायु सक्रिय भएकाले सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आइतबार देखीनै बर्षा संगै हिमपात सुरु भएको उनले बताए ।

 ‘यो पटक पश्चिमी वायु सक्रिय भएको देखिन्छ, यसको प्रभाव पनि बेसी नै हुन्छ, श्रेष्ठले भने–‘मंगलबारसम्म मध्य नेपाल हुँदै काठमाडौं उपत्यका सम्म प्रभाव पर्न सक्छ ।