धनगढी पोष्ट
सोमबार, २० पुष २०७७ मा प्रकाशित
धनगढी
कैलालीमा अवैध काठ बोकेको ट्याक्टर सहति २ वटा मोटरसाइकल बरामद गरिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल, ईलाका प्रहरी कार्यालय भजनी र जोशीपुरबाट खटिएको प्रहरी टोलीले जोशीपुर गाउँपालिका–७ भगतपुरबाट काठ बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरिक्षक प्रतिक विष्टका अनुसार से १त ८७२ नम्बरको ट्याक्टरबाट १६ दशमलव.२७ क्यूफिट भएको ४ थान सालका काठ बरामद गरिएको हो । यस्तै आइतबार नै ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको टोलीले जोशीपुर गाउँपालिका–३ बाट से २ प ५४२८ र से १ प ८७५९ नम्बरका मोटरसाइकलमा लोड गरिएको अवस्थामा काठ बरामद गरेको उनले बताए ।
सो मोटरसाईकलबाट ५ फिट लम्बाईका ५ दशमलव ५ फिट गोलाई र ५ फिट लम्बाई ३ दशमलव ४ फिट गोलाई भएका २ थान सालका काठ बरामद भएको विष्टले बताए । बरामद भएका काठ आवश्यक कारवाहीका लागि सव डिभिजन वन कार्यालय भजनीमा बुझाएको उनले बताए ।