धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

कञ्चनपुर युवकमाथी गोली प्रहार काण्ड : एसएस्बीले गाोली चलाएको प्रमाण छैन

धनगढी

 कञ्चनपुरको सिमावर्ती क्षत्र दोधारामा गोली प्राहरबाट घाइते भएका वुवकलाई भारतीय एसएसबिले गोली प्रहार गरेको भन्ने खबर आइरहँदा भारतीय एसएसबिले भने गोली नहानेको दावी गरेको छ ।

 सोमबार कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका१ का १७ बर्षे नरेश सुनार भारतीय बजार गौरिकोटबाट दैनिक उपभोग्य सामाग्रंी किनेर फर्कने क्रममा उनिमाथी गोली प्रहार भएको थियो । सुरुमा भारतीय एसएसबीले गोली प्रहार गरेको भन्ने खबर आएपनि प्रशासनले भारतीय एसएसबिसंग समन्वय गर्दा उताबाट गोली प्राहर नभएको दावी भारतीय पक्षले गरेको छ ।

 जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रबक्ता प्रहरी नायव उपरिक्षक अम्मर बहादुर थापा क्षेत्रीले भारतीय एसएसविले गोली प्राहर नगरेको दावी गरेको छ । एसएसबिले गोली नचलाएको दावी गरेपछि भारतीय वन रक्षक संग समन्वय भइरहेको उनले बताए ।

 गोली चलेको स्थान नजिकै सागुवान प्रजातिको रुखमा आधा काटेको अवस्थामा आरा अड्किएको भेटिएको हुँदा वन रक्षक संग समन्वय भइरहेको उनले बताए । भारतीय एसएसबिले गोली नचलाएको दावी गरेको छ उनले भने–‘गोली चलेको स्थानमा रुख ढलेको हुँदा वन रक्षकले गाली चलाएको हो की भनने अनुमान गरेका छौं, हामी समन्वय गर्दै छौं ।

 युवकले सामान किनेर भारतीय बजारबाट फर्कने क्रममा गोली चलेको भनेपनि उनिहरुले ल्याएको सामान भने नभेटिएको उनले बताए । सामाग्री किनेर ल्याएको भए उनिहरुको सामान भेटिनपर्ने हो प्रबक्ता थापाले भने हाल सम्म त्यो सामाग्री पनि भेटिएको छैन, युवकले साामाग्रीका बारेमा केही बोलेका पनि छैनन् ।

 घाइते नरेश सुनारका अनुसार सोमबार वेलुका उनि संगै सोही ठााउँका अर्का एक जना भारतीय सीमावर्ति क्षत्र गौरिकोटमा सामान किनेर फर्कने क्रममा गोली प्रहार भएको थियो । बेलुका साढे ६ बजे गोली चलकाले मानिस पहचान गर्न नसकिएको उनले प्रहरी संग बयान दिएका छन् ।

 प्रहरीका अनुसार घरको लागि दाल, चामल, चिनी, टमाटर लिएर आउँदै गर्दा बाटोमा रुख काटेको अवस्थामा भेटिएको घाइते सुनारले बताएका छन् । रुख नजिकै पुग्दा कसैले खुट्टमा डण्डा हानेपछि भाग्ने क्रममा खुट्टमै गोली प्रहार भएको घाइते युवकले प्रहरीलाई बयान दिएको प्रबक्ता थापा क्षेत्रिले बताए ।