धनगढी पोष्ट
बिहिबार, ०४ असार २०७७ मा प्रकाशित
बाजुरा
बाजुरा जिल्लाको बुढिगंगा नगरपालिका वडा न ६ का वडा सदस्य सहित १२ पक्राउ परेका छन् । मदिरा सेवन गरी हो–हल्ला गरीरहेको अवस्थामा प्रहरीको टोलीले बुढिगंगा नगरपालिकाका बिभिन्न ठाउँबाट वडा सदस्य सहित १२ जनालाई प्रकाउ गरेको हो ।
वडा सदस्य सहित अन्य केही सरकारी कर्मचारी लगायत १२ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) टकंप्रसाद भट्टराइले जानकारी दिए ।
प्रहरीको गस्ती टोलीले एकै दिन १२ जना मदिरा सेवन गरी हो–हल्ला गरीरहेको अबस्थामा प्रकाउ गरेको प्रहरी नायव उपरिक्षक भट्टराइले बताए । बुढिगंगा नगरपालिकाले मदिरा निषेधीत क्षेत्र घोषणा गरेको छ । केही दिन अगाडी सोही नगरपालिका वडा न २ का वडा सचिव पनी मदिरा ओसार पसार गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।
मदिरा सेवन गरि होहल्ला गरि पक्राउ परेकालाई जिल्ला प्रशासन कार्यालय बाजुराले जरिवाना गरेर छोड्ने गरेको छ ।