धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

सामाजिक समावेसिकरण नीतिको मस्यौदामाथी छलफल

सामाजिक समावेसिकरण नीतिको मस्यौदामाथी छलफल

धनगढी

 धनगढी उपमहानगरपालिकाले तयार पारेको लैङ्गिक समानता र सामाजिक समावेसिकरण नीतिको मस्यौदा माथी छलफल गरिएको छ ।

 उपमहानगपालिकाले मस्यौदा तयार पारिी विधायन समितिमा छलफलका क्रममा रहेको ऐनलाई कसरी लैङ्गिक उत्तरदायी बनाउने तथा कसरी सजिलो तरिकाले कार्यान्वयन गर्ने विषयमा भर्चुअल छलफल गरिएको हो । एनएनडियस डब्लुओ र जुरी नेपालको संयुक्त आयोजनामा धनगढी उपमहानगरपालिकाका जनप्रतिनिधी तथा सरेकारवाला संग मस्यौदामाथी बुधबार छलफल गरिएको हो ।

 छलफलमा जुरी नेपालले तयार पारेको मस्यौदालाई अधिबक्ता रोशनी पौडेलले प्रस्तुत गरेकि थिइन् । उनले प्रस्तुत गरेको मस्यौदा माथी धनगढी उपमहानगरपालिकाका जनप्रतिनिधी तथा कर्मचारीले छलफल गर्दै जुरी नेपालले तयार पारेको मस्यौदाबाट सकारात्मक बुदा उपमहानगरको मस्यौदामा समावेस गर्ने प्रतिबद्धता जनाएका थिए ।

 धनगढी उपमहानगरपालिकाका कानून अधिकृत खडक कुञ्जेडाले विधायन समितिमा छलफलको क्रममा रहेको लैङ्गिक समानता तथा सामाजिक समावेसिकरण नीतिलाई सरोकारवाला संग छलफल गर्ने तयारी गरिएको बताए । उनले जुरी नेपलले तयारपारेको मस्यौदाले नगरको मस्यौदालाई सुधार गर्न सहयोग पुग्ने बताए ।

 धनगढी उपमहानगरपालिका१३ का अध्यक्ष तथा विधायन समिति संयोजक वीजयराज जोशीले लैङ्गिक समानता र सामाजिक समावेसिकरण नीतिलाई जनमुखी बनाउन छलफलले सहयोग गरेको बताए । उनले नीतिलाई जनतामाझ लैजानु अधि जुरी नेपाल र धनगढीले तयार पारेको मस्यौदाको ड्राफ्लाई तुलना गर्दै सकारात्मक कुरालाई समावेस गरिने बताए ।

 वडा नम्बर८ का अध्यक्ष तथा विधायन समिति सदस्य नारायण बरालले नीतिमा आर्थिक व्यवस्थापन कसरी गर्ने भन्ने अन्यौल भएकावेला जुरी नेपालले प्रस्तुत गरेको मस्यौदा अध्यन पछि सहजता दिलाएको बताए । कार्यक्रममा जुरी नेपालकी प्रोग्राम मेनेजर अनिता भुजेलले सहजिकरण गरेकी थिइन् ।

 भर्चुअल छलफल कार्यक्रममा एनएनडिएस डब्लुओका कार्यकारी निर्देशक प्रभाश देवकोटा, जरी नेपालका कार्यकारी निर्देशक तथा कानून विद मोहनलाल आचार्य, कानून विद तथा प्रबन्ध अधिकृत बिष्णु पोख्रेलले सुझाव दिएको एनएनडिएस डब्लुओ कैलालीका सामाजिक विकास अधिकृत प्रकाश पौडेलले बताए ।

 एनएनडिएस डब्लुओ कैलालीका अध्यक्ष चक्र बिकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धनगढी उपमहानगरपालिकाकी उपप्रमुख शुशीला मिश्र भट्ट प्रमुख अतिथी रहेकी थिइन् ।