धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

सुदुरपश्चिममा २ बर्षीया बालिका सहित १३७ मा कोरोना संक्रमण

धनगढी

  काठमाण्डौमा गरिएको परिक्षणमा सुदुरपश्चिमका  २ बर्षीय  बालिका सहित १ शय २७ जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा डडेल्धरामा ८३ जना, अछाममा २९ जना र बैतडमिा २५ जनामा कोरोना पुष्टि भएको हो ।

  जिल्ला जनस्वास्थ्य कार्यालय अछामका अनुसार संक्रमितहरुमा २३ जना मेल्लेख गाउँपालिकाको र ६ जना साँफेबगर नगरपालिका११ देवीस्थानका रहेका छन् ।

  जनस्वास्थ्य अधिकृत झनक ढुंगानाका अनुसार मेल्लेखमा थपिएका संक्रमितहरुमा दुई वर्षीया बालिका सहित १२, २७, ३६, ३०, ३१, २१, २१, २५, १५, २०, २५, २४, २७, २३ र ३२ बर्षका पुरुष छन् ।

  यस्तै मेल्लेखकै ४५, २५, २६, २४, २४, २८ र २३ बर्षकी महिलामा संक्रमण पुष्टि भएको छ । देवीस्थानका १९, २०, २२, २६ बर्षका पुरुष तथा २३ र २६ बर्षकी महिलालाई कोरोना संक्रमिण पुष्टि भएको छ ।

  मेल्लेखमा बिहीबार थपिएका २३ र बुधबार थपिएका दुई जना सबै वडा नम्बर ४ कुस्कोटका रहेको गाउँपालिका अध्यक्ष लोगबहादुर बोहोराले जानकार दिए ।

  यसअघि जेठ १० गते धनगढीमा दुई बाबु छोरीमा कोरोना संक्रमण उनीहरुसँगै आएकाहरुको पीसीआर जाँच गरिएको थियो । त्यसमध्ये सात जनालाई संक्रमण भेटिएको थियो ।

  सात जनाको सम्पर्कमा आएकाहरुको स्वाब संकलन गरी धनगढी हुँदै टेकुमा पठाउँदा एक सय १७ जना मध्ये ३० जनाको रिपोर्ट आउँदा २५ जनामा संक्रमण भेटिएको बोहोराले जानकारी दिए।

  यसअघि संक्रमण भेटिएका सात जना जिल्ला अस्पताल मंगलसेनमा उपचारपछि घर फर्किसकेका छन् । नयाँ थपिएका संक्रमित कसैलाई पनि लक्षण नदेखिएकाले गाउँकै बासुकी माविमा आइसोलेसन कक्ष निर्माण गरेर उपचार गरिने बोहोराले जानकारी दिए ।

  ढुंगानाका अनुसार नयाँ संक्रमण भेटिएका सबै भारतबाट आएर क्वारेन्टिनमा बसेकाहरु हुन् ।

  क्वारेन्टिनमा बसेकाहरु सबैको आरडिटी परीक्षण गर्दै पोजेटिभ आए पीसीआर टेस्ट गर्ने र नेगेटिभ आए १४ दिन पछि घर पठाउने गरिएको ढुंगानाले जानकारी दिए ।

  पछिल्लो समय अछाममा भारतबाट करिव ११ हजार मानिसहरु फर्किएको र त्यस मध्ये करिव आठ हजार अझैँ क्वारेन्टिनमा रहेको जनस्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।योसँगै अछाममा कोरोना संक्रिमितको संख्या ५१ पुगेको छ ।

 त्यस्तै बैतडीको दशरथचन्दनगरपालिकामा १० जना, सिगासगाउपालिकामा ६ जना, पञ्चेश्वर गाउपालिकामा ४ जना, सुर्नया गाउँपालिकामा ३ जना र पाटन नगरपालिामा २ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयबैतडीले जनाएको छ । डडेल्धुरामा ८३ जनामा सक्रमण भएको बताइए पनि बिस्कृत बिबरण आउन बाकी छ ।