धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

सामूहिक बलात्कारको आरोपमा १ जना पक्राउ

सामूहिक बलात्कारको आरोपमा १ जना पक्राउ
सांकेतिक तस्बिर

धनगढी

 सामुहिक बलात्कारको आरोपमा बैतडीको पञ्चेश्वर गाउँपालिका बाट १ जना पत्राउ परेका छन् ।

 जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार पुस १५ गते पञ्चेश्वरकै स्थानकी १७ बर्षे किशोरिलाई घरमै गएर युवकको समुहले सामुहिक बलात्कार गरेका थिए ।

 किशोरिले ढिलो गरी मात्रै उजुरी दिएका कारण छानविनमा ढिलाई भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका ४ का २३ बर्षे प्रविन चन्द रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नारायण प्रसाद अधिकारीले बताए । उनलाई मंगलबार राती पक्राउ गरिएको प्रहरी प्रमुख अधिकारीले बताए ।

 सामूहिक रुपमा उक्त बलात्कारको घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायव उपरीक्षक अधिकारीले बताए । घटनामा संलग्न अन्य व्यक्तिको खोजी कार्य भइरहेको उनले बताए ।

 पीडित किशोरीको उद्धार गरी जिल्ला अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्रमा राखिएको छ । सुरक्षा सहितको उपचार सेवा र परामर्श सेवा दिने उद्देश्यलाई किशोरीलाई एकद्वार संकट व्यवस्थापन केन्द्रमा राखिएको छ ।

 चालु आर्थिक बर्षको हालसम्म बैतडीमा ५ जना माथी बलात्कार भएको प्रहरीले जनाएको छ ।