धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

व्यवसायी हमालले निशुल्क शव वाहन सञ्चालन गर्ने

व्यवसायी हमालले निशुल्क शव वाहन सञ्चालन गर्ने

धनगढी
उद्योगी, व्यवसायी गोपाल हमालले धनगढी उप–महानगरपालिका र गोदावरी नगरपालिका क्षेत्रमा निशुल्क सञ्चालन गर्ने गरी शव वाहन सञ्चालन  गर्ने घोषणा गरेका छन् । 
बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै व्यवसायी हमालले मृत्यु पछि शवलाई आर्यघाट सम्म लैजाँदा निक्कै दुःख भएको देखेपछि आफुले निजी लगानीमा शव वहान खरिद गरी निशुल्क सञ्चालन गर्ने योजना बनाएको बताए । उनले शव वाहन सञ्चालनलाई ‘निशुल्क महाप्रस्थान यान’ को नाम दिएका छन् । 
‘म जुनसुकै शव यत्रामा जाँदा पनि शव बोक्ने साधन नपाएर आफन्तलाई समस्या भएको देख्दै आएको छु,’ व्यवसायी हमालले भने–‘अवका दिनमा नगरवासीले ती समस्या भोग्न नपरोस् भनेर व्यवस्थित शव वाहन खरिद गरी सञ्चालन गर्ने योजना बनाएको हुँ ।’ आफुले खरिद गर्ने शव वाहनलाई तत्कलका लागि समाजसेवी शिद्धराज पनेरुले व्यवस्थापन तथा परिचालन गर्ने बताए । 
काठमाण्डौंमा शव लैजाँदा त्यहाँ सवैले देख्नेगरी व्यवस्थित वाहनमा शव बोकेर लैजने गरिन्छ’ उनले भने–‘अनि धनगढी वासीले किन त्यसतो सुविधा नपाउने, त्यसैले मैले यो अभियानको थालनी गर्ने जमर्को गरेको हुँ ।’ 
उनले शव वाहनलाई यसै बर्षको चैत मसान्त सम्ममा सञ्चालन गर्ने योजना सहित खरिद प्रकृया सुरु गरेको बताए । वहानमा क्रियापुत्री व्यवस्ने व्यवस्था सहित बाहिरबाट स्पष्ट शव देख्न सकिने तथा वहानको अगाडी पट्टी मृत्यू भएका व्यक्तिको शालिक राख्न सकिने व्यवस्था गरिने उनले बताए ।
त्यसो गर्दा बाटोमा देख्ने जो कोहीले पनि कस्को मृत्यू भएकोहो भनेर स्पष्ट देख्न सक्ने बताए । तत्कालका लागि आफ्नै पहलमा शव वाहन सञ्चालन गरेपनि भविश्यमा कुनै साामाजिक संस्थाले निशुल्क काम गर्ने गरी शव वहान सञ्चालन गरेमा सो संस्थालाई आफ्नो वहान हस्तान्तरण गर्ने उनले बताए । 
बहान खरिदका लागि ३० लाख खर्च हुने अनुमान गरिएको उनले बताए । शव बाहनमा दान पेटिका राखिने र इच्छुक व्यक्तिले सो दान पेटिकामा आफुले चाहेको रकम राखन सक्ने उनले बताए । तर दान पेटिकामा अनिवार्य दान गर्नुपर्ने व्यवस्था भने नहुने उनले बताए । ‘यदी कुनै मृतकका आफन्तले बाहन प्रयोग गरेपछि दान गर्ने इच्छा लागेमा उनिहरुले आफ्नो इच्छा अनुसार दानपेटीमा पैसा राख्न सक्नेछन्’ हमालले भने–‘तर सवैलाई अनिवार्य भने हुनेछैन ।’