धनगढी पोष्ट
सोमबार, १२ माघ २०७७ मा प्रकाशित
धनगढी
२४.५४ ग्राम ब्राउनसुगर सहित अत्तरियाबाट १ जना पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार पक्राउ पर्नेमा बैतडीको डिलाशैनी गाउँपालिका–१ रुद्रेश्वरका २८ बर्षे पुरन कोटरी रहेका छन् ।
उनि कैलालीको गोदावरी नगरपालिकामा अस्थाी बसोबास गर्दै आएका थिए । बिषेश सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेतीवाट खटिएको प्रहरीको टोलीले आईतबार राती गोदावरी नगरपालिका वडा नं १ धनगढी रोडवाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख डिएसपी प्रेम बहादुर शाहीले बताए ।
शाहीका अनुसार पक्राउ परेका कोटारी अत्तरिया क्षत्रका लागु औषधको कारोवार गर्ने मुख्य नाईके रहेको आसंका गरिएको छ । सो विषयलाई पुष्टि गर्न उनिमाथी थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक शाहीले बताए । उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा पठाइएको छ ।