धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

बझाङ युवक हत्या प्रकरणमा वडाध्यक्ष पक्राउ

धनगढी
 विद्यालय व्यवस्थपन समितिको अध्यक्ष चयन प्रक्रिया सकिएपछि भएको विवादमा संलग्नता रहेको आसंकामा बझाङको छबिस पाथिभेरा गाउँपालिका–२ का वडाअध्यक्ष सहित प्रहरीले थप ३ जनालाई पक्राउ गरेको छ । 
 जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरिक्षक रुपक खड्काका छबिसपाथिभेरा गाउँपालिका– ३ का अमृत सिंहको मंगलबार वेलुका खुडा प्रहार गरी हत्या गरिएको थियो । सो घटनामा संलग्न भएको आरोपमा मंगलबार नै १ जनालाई पक्राउ गरिएको थियो भने बुधबार वडा अध्यक्ष सहित थप ३ जना पक्राउ परेका छन् । 
 पक्राउ पर्नेमा छबिसपाथिभेरा गाउँपालिका–२ का वडाध्यक्ष विकास ऐडी, सोही वडाका प्रकाश ऐडी र केदार ऐडी रहेका छन् । उनीहरुलाई थलारा गाउँपालिकाबाट पक्राउ गरिएको प्रहरी प्रमुख खड्काले बताए । हत्या आरोपमा छबिसपाथिभेरा–२ का ज्ञानबहादुर कडायत मंगलबार नै पक्राउ परेका थिए । 
 जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार मंगलबार छबिस पाथिभेरा गाउँपालिका ३ कै बान्निचौर माविमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयनका लागि निर्वाचन भएको थियो । सो निर्वाचनमा कम्युनिष्ट पार्टी निकटका गजेन्द्र धामीलाई पराजित गर्दै कांग्रे निकट उमेदवार लोकेन्द्र बोहरा विजयी भएका थिए । 
 निर्वाचन शान्तिपूर्वक सम्पन्न भएपनि घर जाँदा कम्युनिष्टका कार्यकर्ताले आफ्ना उम्मेदवारलाई सहयोग नगरेको भन्दै विवाद सिर्जना गरेका थिए । सोही क्रममा सिंहको हत्या गरिएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख खड्काले बताए ।