धनगढी पोष्ट
बिहिबार, ०४ असार २०७७ मा प्रकाशित
धनगढी
सुदूरपश्चिम प्रदेशमा आज एकै दिन दुई सय १४ जनामा कोरोना पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा दुई सय १३ र कर्णालीमा भएको परीक्षणमा एक जना गरी आज थप दुई सय १४ जनामा कोरोना पुष्टि भएको हो । यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या पाँच सय ९३ पुगेको छ । आज पुष्टि भएका थप दुई सय १४ जना डडेल्धुरा, बैतडी, कैलाली, बाजुरा र अछाम जिल्लाका रहेका छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार अछामका ११ महिला र ३१ पुरुष गरी ४२ जना, बैतडीका २ महिला र २३ पुरुष गरी २५ जना, बाजुरामा १५ महिला र २६ पुरुष गरी ४१ जना, डडेल्धुराका ७ महिला र ७७ पुरुष गरी ८४ जना, कैलालीमा २ महिला र १९ पुरुष गरि २१ जनामा कोरोना पुष्टि भएको हो ।
यस्तै कर्णालीको एक प्रयोगशालामा कैलालीकै थप एक जनामा कोरोना पुष्टि भएको छ ।