धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

पहिरोले महाकाली नदी थुनियो, सचेत रहन आग्रह

धनगढी

  सुदूरपश्चिमको दार्चुला हुदै कंचनपुर बग्ने महाकाली नदी पहिरोले थुनिएको छ ।

 पहिरोले नदी थुनिएकाले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सचेत रहन नदि छेउछाउका स्थानीयलाई आग्रह गरेको छ । पहिरोका कारण दार्चुलाको माल्पा भन्ने स्थानमा नदी थुनिएको जिल्ला प्रशासन कार्यालय कंचनपुरले जनाएको छ ।

 महाकाली थुनिएकाले जुनसुकै बेलापनि जम्मा भएको पानी फुट्न गई नदीको बहाव बढ्न सक्ने भएकाले नदी नजिक रहेका बस्तीलाई सचेत रहन कञ्चनपुर प्रशासनले सूचना मार्फत आग्रह गरेको  छ ।