धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

गोतामे पत्रकारिता पुरस्कार कान्तिपुरका सुदुरपश्चिमका ब्युरो प्रमुख थापालाई प्रदान गरिने

१० हजारबाट शुरू भएको पुरस्कार २०७२ सालदेखि आधा तोला सुनको तक्मामा परिणत भएको थियो । २०७५ सालदेखि एक तोला सुनको तक्मामा परिणत भएको छ ।

गोतामे पत्रकारिता पुरस्कार कान्तिपुरका सुदुरपश्चिमका ब्युरो प्रमुख थापालाई प्रदान गरिने

धनगढी

    स्वर्गीग गोपालचन्द्र गौतम पत्रकारिता पुरस्कार कान्तिपुरका सुदुरपश्चिम ब्युरो प्रमुख चित्राङ्ग थापालाई प्रदान गरिने भएको मोफसलमा रहेर पत्रकारितामा  निर्वाह गरेको भुमिकाका लागि पत्रकार थापालाई उक्त पुरस्कार प्रदान गर्न लागिएको हो

     गोपालचन्द्र गौतम प्रतिष्ठान बीरगन्जको बैठकले २०७७ सालको यो पुरस्कार पत्रकार थापालाई दिने निर्णय गरेको  हो

    एक तोला सुनको तक्मा पुरस्कार रहेको स्व गौतमको वार्षिक पुण्यतिथिको अवसरमा फागुन गते आइतवारका दिन कार्यक्रमको आयोजना गरी वितरण गरिने प्रतिष्ठानका सचिव केसी लामिछानेले बताए

    कान्तिपुर दैनिकको सहयक वरिष्ठ उपसम्पादक रहेका थापाले २०४८ सालमा कन्चनपुरको महेन्द्रनगरमा महाकाली दैनिकको अतिथि सम्पादकको रुपमा पत्रकारिता शुरु गरेका हुन्   २०५१ सालदेखि कान्तिपुर दैनिकमा आवद्ध रहेका थापा नेपाल पत्रकार महासँघको केन्द्रिय उपााध्यक्ष समेत भैसकेका छन्

    स्व गौतमको सम्झनामा प्रतिष्ठानले २०६८ सालदेखि यो पुरस्कार निरन्तर वितरण गर्दै आएको १० हजारबाट शुरू भएको पुरस्कार २०७२ सालदेखि आधा तोला सुनको तक्मामा परिणत भएको थियो २०७५ सालदेखि एक तोला सुनको तक्मामा परिणत भएको

मुल्याङकन हुदोरहेछ  : थापा

इमानदारितापुर्वक काम गर्दा मुल्याङकन हुदोरहेछ  भन्ने पुरस्कारको निर्णयले देखाएको पत्रकार चित्राङग थापाले बताएका छन् नेपालको पश्चिमी सीमामा बसेर लामो समयसम्म पत्रकारितामा लागिरहे पत्रकार थापाले भने – ‘पुरस्कार पाउन त्यसै ठाउको हुनु पर्दो रहेनछ नेपालको जुनसुकै ठाउँमा बसेर काम गर्दा पनि मुल्याङकन हुदो रहेछ

 यस निर्णयले यस क्षेत्रमा रहेका सबै पत्रकारका लागि काम गर्दा मुल्याङकन हुदो रहेछ  भन्ने सन्देश पनि दिएको थापाले बताए

पुरस्कार पाउनुमा आफु एक्लैको मात्र नभएर सहयोग गर्ने मित्रहरु, सहकर्मीहरु   कान्तिपुर पब्लिेकशनको सहयोगको भुमिका रहेको पत्रकार थापाले बताए