धनगढी पोष्ट सोमबार, २८ पुष २०८२   January 12, 2026

अबैध तरिकाले भारत लगिँदै गरेकी युवतीको कंचनपुरमा उद्वार

अबैध तरिकाले भारत लगिँदै गरेकी युवतीको कंचनपुरमा उद्वार

गोपाल भट्ट
धनगढी । 

  अबैध रुपमा भारत लगिदै गरिएकी एक युवतीको कंचनपुरबाट उद्धार गरिएको कञ्चनपुरको अवैध नाका भएर भारत लगिँदै गरेकी युवतीको बुधबार सशस्त्र प्रहरीले उद्वार गरेको हो

  प्रहरीले ती युवतीलाई भारत लग्न लागेको दुई जना युवकलाई समेत पक्राउ गरेको कंचनपुरको दोधाराचाँदनी नगरपालिका पशुपतीटोल स्थित अवैध नाकाबाट भारततर्फ लैजान खोजीरहेको अवस्थामा १८ वर्षीया किशोरीको उद्वार गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुरले जनाएको

 बोडर आउट पोष्ट बयलबन्दाबाट सहायक प्रहरी नायव निरीक्षक तेज सिंह भण्डारीको कमाण्डमा खटिएको सीमा गस्ती टोलीले युवती संगै जना युवकलाई समेत नियन्त्रणमा लिएको

  युवतीको साथमा रहेका गोरखाको गण्डकी गाउँपालिका का २८ वर्षीय विकाश चेपाङ्ग ४० वर्षीय होलबहादुर मगरलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर ऐरले जानकारी दिए उनका अनुसार नियन्त्रणमा लिएका तीनै जनालाई शान्ति पुर्नस्थापना गृह दोधाराचाँदनीको जिम्मा लगाइएको