धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024
बैतडी किशोरी मृत्यू प्रकरण

हत्यारा पक्ता लगाउन माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडी धर्ना

हत्यारा पक्ता लगाउन माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडी धर्ना

धनगढी

 विभत्तस हत्गा गरेको अवस्थामा शव फेला परेकी बैतडीकी भागरथी भट्टका हत्यारा २ दिन सम्म पनि पत्ता नलगाएको भन्दै युवाहरुले सुदूरपश्चिम सरकार विरुद्ध धनगढीमा नराबाजी गरेका छन् ।

 हत्यारा तत्काल पत्तालगाउन माग गर्दै शनिबार स्वतन्त्र युवाहरुले सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय अगाडी धर्ना समेत दिएका छन् । छोरीमाथी हुने चरणबद्ध आक्रमण बन्द गर, हत्यारालाई फाँसी दे, बलत्कारीलाई फासि दिने कानूननिर्माण गर, भन्दै युवाहरुले मुख्यमन्त्री कार्यालय अगाडी धार्न दिएका हुन् ।

 माघ १३ गते बुधबार हराएकी बैतडी स्थित दोगडाकेदार गाउँपालिका७ चडेपानीकी १७ वर्षीया भागरथी भट्ट बिहीबार बेलुका मृत अवस्थामा जंगलमा फेलापरेकि थिइन् । उनको बलात्कार पछि हत्या गरिएको आसंंका समेत गरिएको छ । तर हाल सम्म सो कुराको पुष्टि प्रहरीले गरेको छैन ।

 ती किशोरीको शव स्थानीय लवलेक जंगलमा विभत्स अवस्थामा फेला परेको मृतकका आफन्त शिवराज भट्टले जानकारी दिए ।

 घटना स्थलको प्रकृति हेर्दा शंकास्पद भएको घटनास्थलमा खटिएका खोचलेक प्रहरी चौकीका प्रमुख मोती बमले जानकारी दिए । उनले भने– ‘बीच जंगलमा शव फेला परेको छ, कपडा खोलेको अवस्थामा छ, थप कुरा अनुसन्धानपछि थाहा होला ।  किशोरी खोचलेक स्थित सनातन धर्म माविमा कक्षा १२ मा अध्ययनरत थिइन् ।

 मृतक बालिकोको मृत्यु बारे अनुसन्धान गर्न  सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डेको नेतृत्वमा घटनाको अनुसन्धानका लागि छुट्टै प्रहरी टोली परिचालन गरिएको सुदूरपश्चिम प्रदेश प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।

 उनका अनुसार टोलीमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीका प्रहरी नायब उपरीक्षक (डिएसपी) लाई खटाइएको  छ । 

 जिल्लाले गरिरहेको अनुसन्धानमा प्राविधिक सहयोग गर्न छुट्टै टोली खटाइएको प्रहरीले जनाएको छ । अनुसन्धानका लागि धनगढीबाट तालिम प्राप्त कुकुर समेत लगिएको छ ।