धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

प्रेमिकाको हत्या गरेको आशंकामा वडा सदस्य पक्राउ

धनगढी

  कैलालीको गौरीगंगा नगरपालिकामा प्रेमिकाको हत्या गरेको आशंकामा वडा सदस्यलाई प्रहरीले नियन्त्रणमा लिएको

  गौरीगंगा नगरपालिका का वडा सदस्य निरज चौधरीलाई प्रेमिका सञ्जिता चौधरीको हत्यामा संलग्न भएको आशंकामा सोधपुछका लागि नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए

  चौधरीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम भइरहेको उनले बताए सञ्जिता चौधरी आइतबार बिहान कार्यवाहक वडाअध्यक्षको समेत जिम्मेवारी पाएका वडा सदस्य चौधरीको घरमा कोठामा बाहिरबाट ताल्चा लगाएको अवस्थामा मृत फेला परेकी थिइन्

उनीहरु दुईजना बिच विगत १० वर्षदेखि प्रेम सम्बन्ध रहेको बताईएको चौधरी पासो लगाएको अवस्थामा भेटिएपनि खुट्टा भुईमा टेकिएको बाहिरबाट ताल्चा लगाएका कारण हत्या भएको आशंका गरिएको मृतक चौधरीको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको