धनगढी पोष्ट
बुधबार, २८ माघ २०७७ मा प्रकाशित
धनगढी
फागुन २ गते (फेब्रुअरी १४) परेको प्रेम दिवस (भ्यालेन्टिन डे) लाई विशेष बनाउने उद्देश्यका ‘मेरो भ्यालेन्टाइन सेसन–२’ सञ्चालन हुने भएको छ ।
रकस्टार मिडियाको आयोजनामा सञ्चालन हुने कार्यक्रमको जगदम्बा अल्को वेबको सुदुरपश्चिमदेखि बाग्मतीसम्मको सुपरस्टकिस्ट जिएआरएस टे«डिङ कन्सर्न प्रालीले प्रायोजक र श्वेता टे«डिङ प्रालिले सहप्रयोजक रहेको छ ।
प्रेम दिवस अर्थात (भ्यालेण्टाइन डे) का अवसरमा अविवाहित तथा विवाहित प्रेम जोडी लाई एक ठाउँमा ल्याउने र माया प्रेम साटासाट गराउँदै भ्यालेन्टाईन डे लाई थप रमाइलो बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको रकस्टार मिडियाका सञ्चालक जितेन्द्र रावलले बताए ।
जिएआरएस टे«डिङ कन्सर्न प्रालिका प्रबन्धक अशोक पाण्डेले प्रेम दिवसमा परिवारलाई एक आपसमा बसेर मायाप्रेम साटासाट गर्ने अवसर मिल्ने बताए । ‘जिएआरएस टे«डिङ कन्सर्नले यस्ता स–साना तर सामाजिक रुपमा विशेष महत्व दिने कार्यक्रममा विगतदेखि नै सहयोग गर्दै आएको छ’ उनले पाण्डेले भने–‘मेरो भ्यालेन्टाइन कार्यक्रम पनि देख्दा सानो छ, तर यसले समाजमा राम्रो सन्देश दिने हुँदा हामीले सहयोग गरेका हौं ।’
सह–प्रायोजन गरेको श्वेता टे«डिङ प्रालिका सञ्चालक राजेश भण्डारीले प्रेम दिवसलाई अझ भव्य र रमाइलो बनाउन कार्यक्रमको आयोजना गरिएका कारण सहयोग गरिएको बताए ।
धनगढी स्थित टेम्पल रिसोर्टमा सञ्चालन हुने कार्यक्रममा प्रेम जोडी तथा परिवार सहित उपस्थित भई रमाइलो गर्ने व्यवस्था गरिने रकस्टार मिडियाका सञ्चालक जितेन्द्र रावलले बताए । वेलुका ६ बजे देखि राती १० बजेसम्म सञ्चालन हुने कार्यक्रममा स्थानीय कलाकारले सांगितिक कार्यक्रम प्रस्तुत गर्नेछन् ।
कार्यक्रममा दुई जनाको जोडी आएमा २५ सय तथा परिवार सहित सहभागि हुनेका लागि ३५ सय तोकिएको सञ्चालक रावतले बताए । कार्यक्रममा सहभागि हुने जोडीहरुलाई टिकटकै पैसाबाट खाना तथा स्न्याक्स मिल्ने छ । टिकटलाई गोलाप्रथामा राखेर लक्की–ड्रमा पर्ने १ जनालाई जीवनी मोबाइलसेट समेत उपलब्ध गराइने आयोजकले जनाएको छ ।