धनगढी पोष्ट
बिहिबार, ०४ असार २०७७ मा प्रकाशित
धनगढी
गत शुक्रबार क्वारेन्टिनमा आत्महत्या गरेका बाजुराका पुरुषमा कोरोना पुष्टि भएको छ । बाजुरा जिल्लाको बडिमालिका नगरपालिका २ भौनेरामा रहेको सत्यबादी माध्यामिक बिद्यालयको क्वारेन्टाइनमा आत्महत्या गरेका पुरुषमा कोरोना पुष्टि भएको हो ।
स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तका अनुसार बुधवार आएको रिपोटमा उनमा कोरोना पुष्टि भएको छ । बडिमालिका नगरपालिका २ माझिगाउँका ४५ बर्षिय पुरुषले गत शुक्रबार बेलुका क्वारेन्टिनमै आत्महत्या गरेका थिए ।
उनी जेठ २८ गते मात्र भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए । डोरीको पासो लगाएर झुन्डीएको अबस्थामा उनी संगै बसेका मान्छेले फेला पारेका थिए ।