धनगढी पोष्ट शनिबार, १८ असोज २०८३   October 3, 2026

बेरोन सेलेक्ट प्रिमियम ह्रिस्की बजारमा

बेरोन सेलेक्ट  प्रिमियम  ह्रिस्की बजारमा

 

धनगढी

   शंकर ग्रुप अन्तरगतको जगदम्बा अल्को वेबले उच्च गुणस्तरको बेरोन सेलेक्ट  प्रिमियम ह्रिस्की बजारमा ल्याएको छ ।

  बिगत चार बर्षदेखि  कन्चनपुर जिल्लाको कृष्णपुर नगरपालिकाबाट मदिराको उत्पादन गर्दै आएको जगदम्बा अल्को वेबले तेश्रो उत्पादनको रुपमा बेरोन सेलेक्ट प्रिमियम ह्रिस्की बजारमा ल्याएको हो ।

 नेपालका पुर्वी क्षेत्रहरुमा लन्च गरिसकेपछि डिलरहरुको भेला आयोजना गरेर सुदुरपश्चिममा बेरोनको लन्च गरिएको हो ।

   तीन भिन्न किसिमका उच्च स्तरका स्कचहरुको मिश्रण गरेर बेरोनको उत्पादन गरिएको र निकै गुणस्तरयुक्त रहेको बेरोनको सुदुरपश्चिमदेखि बाग्मतीसम्मको सुपर स्टकिस्ट जीएआरएसका प्रवन्ध निर्देशक अशोक पाण्डेयले बताए ।   बेरोन उच्च गुणस्तरिय अटोमेटिक बोटलिङ प्लान्टबाट उत्पादन भैरहेको छ र उच्च स्तरिय बोतल र मोनो कार्टुनमा प्याक गरिएको छ ।

   नेपालका पुर्वी क्षेत्रमा बेरोनको निकै राम्रो रेस्पोन्स आएको  पाण्डेयले बताए ।  “यो ४० युपीको मदिरा भए पनि २५ युपीको मदिरासँग यसका उपभोक्ताहरुले दाँज्ने गरेका छन् । पाण्डेयले भने “उच्च गुणस्तरकै कारण यसरी दाजिएको हो ।”

   जगदम्बा अल्को वेबका बित्त प्रमुख नारायण ज्ञवालीले मदिराका पारखीहरुका लागि बेरोन गुणस्तरिय उत्पादन भएको दावी गर्दै यसले चाँडै उपभोक्ताहरुको मन जित्ने बताए । दम छ हरेक चुस्कीमा नारा बोकेको बेरोनले चाँडै नेपाली बजारमा नम्बर १ बन्ने ज्ञवालीले दावी गरे ।

  जगदम्बा अल्को वेवले  यसअघि नै ब्लुफिन जीन र बेरोन सेलेक्ट रेगुलर बजारमा ल्याइसकेको छ ।