धनगढी पोष्ट
शनिबार, ०१ फागुन २०७७ मा प्रकाशित
धनगढी
कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।
प्रहरीका अनुसार कञ्चनपुरको पुनर्वास नगरपालिका–११ अमरवस्तीमा मोटरसाइकलले ठक्कर दिदा एक जना पैदल यात्रीको मृत्यु भएको हो ।
शुक्रबार साँझको समयमा हुलाकी सडकखण्डमा भएको दुर्घटनामा परि धनगढी उप–महानगरपालिका–१९ की ७० वर्षीया झ्यारी भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक अमर थापा क्षेत्रीले बताए ।
भण्डारीलाई धनगढीकै वडा १ का १८ वर्षीय युवक रिहान कुरेसीले चलाएको म २ प ६४८९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो ।