धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

पत्रकार प्रकास सिंहले जसको नामबाट पुरस्कार पाए उसकै परिवारलाइ हस्तान्तरण गरे

पत्रकार प्रकास सिंहले जसको नामबाट पुरस्कार पाए उसकै परिवारलाइ हस्तान्तरण गरे

धनगढी

       नेपाल पत्रकार महासंघ बाजुरा शाखाका अध्यक्ष तथा पत्रकार प्रकाश सिंहले सम्मानित बाफतको रकम जसको नाम बाट पाए उनकै परिवारलाइ हस्तान्तरण गरेका छन् ।

  सिंह नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको दोस्रो साधारण सभाबाट जेपी जोशी स्मृति पत्रकारीता पुरस्कार २०७७ बाट सम्मानित भएका थिए । सम्मानित सँग १२ हजार नगद पाएको रकम जेपी जोशीको घरमै पुगेर पत्रकार महासंघका पुर्व अध्यक्ष शिब गाँउले मार्फत हस्तान्तरण गरेका छन् ।

 कैलालीको गोदावरी नगरपालिका ३ मालाखेती बस्दै आएका जेपी जोशीका परिवालाई भेटर रकम प्रदान गरेका हुन । रकम हस्तान्तरण तथा उनको परिवारको अबस्था बुझ्न पत्रकार महासंघका पुर्वअध्यक्ष शिब गाँउले, सुदूरपश्चिम प्रदेश पत्रकार महासंघका अध्यक्ष अर्जुन शाह र पत्रकार प्रकाश सिंह घर पुगेका थिए ।

       सिंहले भने –‘जेपी जोशीका नाममा स्थापना भएको पत्रकारीता पुुरस्कार मैले प्राप्त गरेको रकम उनको परिवार थोरै भएपनि सहयोग होस भनेर सहयोग गरेको हुँ । जेपी जोशीको परिवारमा सम्पर्क गर्दा अबस्था निकै नाजुक पाएकाले सहयोग गरेको उनले बताए । जेपी जोशी २०६५ असोज २२ गते बेपत्ता भएका थिए भने मंसिर १३ गते मालाखेती जंगलमा उनको लाश भेटिएको थियो ।

       जेशी जोशीका श्रीमती बसन्ति जोशी छोरी पुजा जोशी र गिता जोशी रहेका छन् । पुजा कक्षा १० मा र गिता कक्षा ६ मा अत्तरीयामा रहेको एभरेष्ट बोडिङ्ग स्कुलमा अध्ययनरत रहेका छन । ५ बर्ष सम्म पत्रकार महासंघ केन्द्रिय शाखाले पढाउनमा सहयोग गरेको भएपनि डेढ बर्ष यता कतै बाट सहयोग नहुदा बिद्यालयका शुल्क समेत तिर्न नसकेको बसन्तिले वताईन । उनले रुदै भनिन्–‘न श्रीमान हत्या गर्ने पत्ता लाग्यो नत परिवार पाल्न सक्ने अबस्था छ, छोरी पढने बिद्यालयबाट पटक पटक शुल्क माग्ने गरेका छन्, कतैबाट तिर्न नसक्दा निकै समस्या भएको     छ ।

 घरमै पुगेका पुर्व पत्रकार महासंघका अध्यक्ष शिब गाँउलेले भने छोरीहरु पढाउनका लागि पत्रकार महासंघ तथा अन्य निकाय सँग पहल गर्ने वताए । पत्रकार सिंहले यो भन्दा पहिला पाएको पत्रकारीता पुुरस्कार जुन क्षेत्र बाट पाएको हो, त्यही क्षेत्रका पछाडि परेका वर्गलाई सहयोग गर्दै आएका छन् । गत बर्ष पाएको इन्जा अवार्ड बाफतको ५ सय डलर पनि कुपोषित बच्चाको उपचारमा सहयोग गरेका थिए ।

  सिंह बाजुरामा एक दशक देखि पत्रकारिता पेशामा आबद्ध रहेका छन् । पत्रकारीता मात्र नभई बाजुराका दिन दुःखीको मानव सेवामा समर्पित छन् । उनले पत्रकारीता सँगै बेसाहारा सहारा बिहिन ७१ जना वालवालिकाको उद्धार गरिसकेका छन् । 

 नेपाल पत्रकार महासंघ बाजुरा शाखाका अध्यक्ष समेत रहेका सिंहले बैठक तथा गोष्ठिमा उपस्थित भए वाफत  पाएको ६५ हजार ३ सय रुपैंया बैठक भत्ता रकम पीडितलाई सहयोग गरेका छन । बाजुराका ग्रामिण क्षेत्रका आर्थिक अभाबमा उपचार नपाएर अलपत्र रहेका २७ जनालाई सहयोग वाफत १७ लाख बढी रकम सकलन गरी हस्तान्तरण गरेका छन् ।