भागरथी हत्या आरोपमा आफन्त पक्राउ

भागरथी हत्या आरोपमा  आफन्त पक्राउ

धनगढी

 बैतडीको दोगडाकेदार गाउँपालिका७ चडेपानिकी १७ बर्षिय किसोरी भागरथी भट्टको हत्य गरेको आसंकामा प्रहरीले उनकै आफन्तलाई पक्राउ गरेको छ ।

 प्रहरीका अनुसार हत्या गरिएकी भागरथीका छिमेकी १७ बर्षे किशोर दिनेश भट्टलाई हत्या आसंकामा पक्राउ गरिएको हो ।

 सनातन धर्म माबिमा कक्षा ११ मा अध्ययनरत दिनेश भट्टले पारिवारिक रिसिविलाई साँध्न हत्या गरेको स्वीकारको सुदूरपश्चिम  प्रदेश प्रहरी कार्यालय धनगढीका प्रबक्ता एसएसपि मुकेस कुमार सिंहले बताए ।

 मंगलबार दिनेश आफैले बलत्कारपछि हत्या गरेको स्वीकार गर्दै घटना कसरी भयो भन्ने सबैकुरा जानकारी गराएको एसएसपि सिंहले बताए ।