धनगढी पोष्ट शनिबार, ०५ बैशाख २०८३   April 18, 2026

भागरथी हत्या आरोपमा आफन्त पक्राउ

भागरथी हत्या आरोपमा  आफन्त पक्राउ

धनगढी

 बैतडीको दोगडाकेदार गाउँपालिका७ चडेपानिकी १७ बर्षिय किसोरी भागरथी भट्टको हत्य गरेको आसंकामा प्रहरीले उनकै आफन्तलाई पक्राउ गरेको छ ।

 प्रहरीका अनुसार हत्या गरिएकी भागरथीका छिमेकी १७ बर्षे किशोर दिनेश भट्टलाई हत्या आसंकामा पक्राउ गरिएको हो ।

 सनातन धर्म माबिमा कक्षा ११ मा अध्ययनरत दिनेश भट्टले पारिवारिक रिसिविलाई साँध्न हत्या गरेको स्वीकारको सुदूरपश्चिम  प्रदेश प्रहरी कार्यालय धनगढीका प्रबक्ता एसएसपि मुकेस कुमार सिंहले बताए ।

 मंगलबार दिनेश आफैले बलत्कारपछि हत्या गरेको स्वीकार गर्दै घटना कसरी भयो भन्ने सबैकुरा जानकारी गराएको एसएसपि सिंहले बताए ।