धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

अर्जुन दृष्टि’ लगाएर छानविन गर्दा सफलता प्राप्त भयो : डिआइजी

अर्जुन दृष्टि’ लगाएर छानविन गर्दा सफलता प्राप्त भयो :  डिआइजी

 

धनगढी

 भागरथी भट्ट हत्या प्रकरणमा संलग्न भएको आसंकामा पक्राउ परेका अभियुक्त दिनेश भट्टलाई प्रहरीले सार्वजनिक गरेको छ ।

 बुधबार जिल्ला प्रहरी कार्यालय बैतडीमा पत्रकार सम्मलेन गर्दै प्रहरीले १७ बर्षे अभियुक्त भट्टलाई सार्वजनिक गरेको हो । अभियुक्त सार्वजनकि गर्दै सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदीले घटनाको सुक्ष्म अनुसन्धान र प्रहरीको उच्च मेहनतका कारण सफलता प्राप्त भएको बताए ।

 ‘भागरथी प्रकरणमा हामीले अर्जुन दृष्टि लगाएर अनुसन्धान ग¥यौं डिआजी सुवेदीले भने–‘अभियुक्त सुरुमा हो भन्ने जानरकारी हुँदा हुँदै प्रयाप्त प्रमाण जुटायौं, जसले हामीलाई प्रशन गर्ने ठाउँ कतै छैन । कञ्चनपुरकी १३ बर्षिया बालिका निर्मला पन्त प्रकरणमा भएको समस्यालाई समेत केलाएर आफुहरुले बलियो प्रमाण सहित अभियुक्तलाई पक्राउ गरेको डिआइजी सुवे्दीले बताए ।

 उनले तत्कालका लागि एक जनालाई मात्रै पक्राउ गरिएको बताउँदै अनुसन्धान गर्द जाँदा थप व्यक्ति पनि हुन सक्ने बताए ।

 प्रहरीले भागरथीको हत्या तथा बलात्कारमा संलग्न भएको आरोपमा मृतककै दाई नाता पर्ने दिनेश भट्टलाई पक्राउ गरेको छ । १७ बर्षे दिनेशले पारिवारिक रिसिवि मेटाउन बालिकालाई एक्लै भएको मौका पारी सडकबाट धकेलेर लडाउँदै घाटी च्यापेर हत्या गरेको स्वीकारेका डिआइजी सुवेदीले बताए  ।

  सुवेदीका अनुसार ती किशोरले भागरथीलाई मारे पश्चात करणी समेत गरेको स्वीकारेका छन् । सुरुमा सडकबाट तल खसालेर घाँटी च्यापि मारेको भन्ने अभियुक्तले बयान दिएका छन् पत्रकार सम्मेलन मार्फत डिआइजी सुवेदीले भने–‘बालिकाको मृत्यु पश्चात करणी समेत गरेको सोधपुछमा दिनेशले स्वीकारेका छन् ।

 हत्यामा संलग्न भएको आसंकामा पक्राउ परेका दोगडा केदार गाउँपालिका७ का १७ बर्षे भट्ट विरुद्ध भागरथीका दइ शिवराज भट्टले प्रहरीमा किटानी जाहेरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।