धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

१७ दिन पछि भागरथीको शव दाहसंस्कार गरिदैँ

१७ दिन पछि भागरथीको शव दाहसंस्कार गरिदैँ

धनगढी

 बलात्कार पछि हत्या गरिएकी भागरथी भट्टको दाह संस्कार १७ दिन पछि गरिने भएको छ ।

 हत्यारा पत्ता नलागे सम्म शव नबुझ्ने अडानमा बसेका भागरथीका परिवारले बिहीबार अभियुक्तको बयान सुनेपछि भने शव बुझ्न राजी भएका हुन् । हत्याका आरोपितलाई प्रहरीले पक्राउ गरेर थप प्रमाण समेत जुटाएपछि आफन्तले शब बुझेर दाहसंस्कार गर्न लागेका हुन् ।

 भागरथीको शव बुझेका परिवारले शुक्रबार बिहान १० बजे गोठलापानि बजारदेखि सेरासम्म शवयात्रा निकालेका थिए । प्रहरीले अभियुक्त दिनेश भट्टलाई बुधबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिसकेको छ ।

 प्रहरीले मृतक भागरथीको आफन्त पर्ने दिनेशलाई पक्राउ गरेकोमा परिवारले प्रमाणहरु देखाउनुपर्ने भन्दै यसअघि शव बुझ्न अस्वीकार गरेका थिए । तर आरोपीत दिनेशको परिवारका सबै सदस्यहरुसंग हिजो एक्लाएक्लै कुरागर्न लगाइएकोमा सबैका अगाडी आफैले बलत्कार र हत्या गरेको दिनेशले स्वस्कार गरेका हुन् ।

 दिनेशले आफ्ना बुवासंग समेत ४घण्टा अलग्गै बसेर कुरागर्दा सबै घटना आफैले गरेको स्वीकार गरेकाछन् । अभियुक्तले प्रहरी र उनका आफन्तसंग न्यायीक हिरासतमा दिएकै बयानसँग सबै प्रमाणहरु मिल्न गएकाले आज आफुहरु शवको दाहसस्कार गर्न लागेको मृतकको आफन्तले बताएकाछन् ।