धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

पत्रकार जेपी जोशीका परिवारलाई अष्ट्रेलियामा रहेका नेपालीले एक लाख सहयोग गरे

पत्रकार जेपी जोशीका परिवारलाई अष्ट्रेलियामा रहेका नेपालीले एक लाख सहयोग गरे

धनगढी

  कैलालीको गोदावरी नगरपालिका ३ मालाखेति बस्दै आएका स्वर्गिय पत्रकार जेपी जोशीका परिवारलाई आर्थिक सहयोग गरिएको छ ।

 बाजुराका पत्रकार प्रकाश सिंहले जेपी जोशीका नाममा स्थापना भएको जेपी जोशी स्मृति पत्रकारीता पुरस्कार सोही परिवारलाइ दिएको र उनको परिवार बिच्चलीमा रहेको समाचार सञ्चार माध्यममा प्रकाशित पछि उनलाई सहयोग जुटेको हो ।

       समाचार प्रकाशित पछि अष्ट्रेलिया बस्दै आएका बिक्रम सुवेदीले १ लाख सहयोग गरेका छन् । नवलपरासिको गैडाकोट नगरपालिका १० घर भएका सुुबेदीले जेपी जोशीको परिवार बिच्चलीमा  र छोरीको बिद्यालय शुल्क तिर्न नसकेको समाचार प्रकाशित पछि सहयोग गरेको वताएका छन् । डेढ बर्ष देखी छोरीको बिद्यालयको शुल्क तिर्न नसकेर समस्या परेको जानकारी पछि सहयोग गरेको सुबेदीले वताएका छन् ।

       सुबेदी १३ बर्ष देखी अष्ट्रेलिया बस्दै आएका छन् । उनी अष्ट्रेलियाको अध्यागमनमा कानुनबिज्ञका रुपमा कार्यरत रहेका छन् । सुबेदीले तिर्न नसकेको शुल्क तिर्न सहयोग गरेको र जोशीका दुबै छोरीलाई कक्षा १२ सम्म पढनका लागि समेत आगामि दिनमा थप सहयोग गर्ने वताएका छन् ।

 सहयोग रकम पत्रकार प्रकास सिंहलाइ पठाएका थिए । उक्त रकम सुदूरपश्चिम पत्रकार महासंघ प्रदेश अध्यक्ष अर्जुन शाह र पत्रकार महासंघ पुर्व केन्द्रिय सदस्य कर्ण शाह मार्फत घरमै पुगेर हस्तान्तरण गरेका  छन् । पत्रकार सिंहले जेपी जोशी स्मृति पत्रकारीता पुरस्कारबाट पाएको १२ हजार जोशीको परिवारलाई यो भन्दा पहिले नै सहयोग गरेका थिए ।

       सहयोग प्राप्त पछि जेपि जोशीकी श्रीमति बसन्ति जोशीले सहयोग रकम छोरीको बिद्यालयको शुल्क तिर्ने वताएकी छन् । उनले सहयोग गर्नेलाई धन्यवाद दिएकी छन् । २०६५ सालमा हत्या भएका पत्रकार जेपी जोशीका परिवार बिच्चलीमा परेका छन् । कैलालीको गोदावरी नगरपालि ३ मालाखेति बस्दै आएका जेपी जोशीका ३ जना परिवार आर्थिक संकटमा परेको समचार प्रकाशित भएको थियो ।

पत्रकार जोशीका श्रीमति बसन्ति जोशी, १७ बर्षिय छोरी पुजा जोशी र १३ बर्षिय गिता जोशी रहेका छन् । पुजा कक्षा १० मा र गिता कक्षा ६ मा अत्तरीयामा रहेको एभरेष्ट बोडिङ्ग स्कुलमा अध्यन गर्ने गरेका छन् । पुजा र गिताको बिद्यालयको डेढ बर्ष देखिको ९५ हजार शुुल्क तिर्न नसक्दा बाँकि रहेको थियो  । जेपी जोशी २०६५ असोज २२ गते घरबाट काठमाडौ जाने भएर गएका थिए । २२ गते देखी सम्पर्कमा नआएका जोशीको सोही बर्ष मंसिर १३ गते मालाखेती जंगलमा लाश भेटिएको थियो ।