सुदूरपश्चिममा पहिलो पटक अपोलो टायरको विक्री वितरण सुरु

सुदूरपश्चिममा पहिलो पटक अपोलो टायरको विक्री वितरण सुरु

धनगढी

   सुदूरपश्चिममा पहिलो पटक धनगढीमा अपोलो टायरको विक्री वितरण सुरु गरेको छ । सुदूरपश्चिममा अपोलो टायरको आवश्यकतालाई पूर्ति गर्ने उदेश्यले धनगढीका ब्यबसायी राजेश भण्डारी र मोहनराज शर्माको संयुक्त लगानीमा अपोलो टायरको विक्री वितरण सुरु गरिएको छ ।

 धनगढीको चटकपुरमा एक करोडको लगानीमा सुरु गरेको टायर हाउसको एक समारोहकाबीच सञ्चार उद्यमी तथा नेपाल उद्योग बाणिज्य महासंघका पूर्व केन्द्रिय सदस्य गोपाल हमालले रिवन काटेर उद्घाटन गरेका छन् ।

  सञ्चालक राजेश भण्डारीले अन्य कम्पनीको टायर भन्दा अपोलो टायर बढी गुणस्तरीय र बिश्वसनिय भएको दावी  गरे । उनले चाँडै नै सुदूरपश्चिम प्रदेशका अन्य जिल्लामा पनि टायर हाउस संचालनमा ल्याउने बताए ।

 यस्तै अर्का संचालक मोहनराज शर्माले महेन्द्र टायर हाउस ट्रेडर्सबाट अपोलोका टायर होलसेल र खुद्रामा ग्राहकले पाउन सक्ने बताए । अपोलो टायर बुढेशकालको साहराका रुपमा लिने गरेको र नयाँ टेक्नोलोजी अन्तर्गतको रहेको उनको भनाई छ । अपोलो टायर्स अन्तर्गत १६ इन्चसम्म स्टील लाईट टक रेडियल टायर्स समेत रहेका छन् । जुन साधारण टायर भन्दा बढी फाईदा दिने छ । गाडीको राम्रो माईलेज, डिजेलको बचत, पंन्चरबाट मुक्त र अनेक रिट्रेड अपोलो टायरका विशेषता रहेका छन् ।

 टायर हाउसमा मोटरसाईकल देखि जेसिवि सम्मका अपोलोका टायर पाउन सकिने छ । अपोलो टायर्स लिमिटेड विश्वको एवान र सबैभन्दा ठूलो टायर उत्पादन कम्पनी हो ।