धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

सामाजिक सुरक्षा कोषमा सहभागि हुन आग्रह

सामाजिक सुरक्षा कोषमा सहभागि हुन आग्रह

धनगढी

 सामाजिक सुरक्षा कोषमा सहभागि हुन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले होटल व्यवसायीलाई आग्रह गरेको छ ।

 मंगलबार मन्त्रालयद्वारा धनगढीमा आयोजित होटल व्यवसायी संगको अन्तरक्रिया कार्यक्रम मार्फत सामाजिक सुरक्षा कोषमा सहभागि हुन आग्रहर गरेको हो ।

 अन्तरक्रिया कार्यक्रममा सामाजिक सुरक्षा कोषमा आवद्ध हुँदा श्रमिकले राज्यबाट पाउने सुविधा तथा सेवाका बारेमा व्यवसायीलाई जानकारी गराइएको थियो । सामाजिक सुरक्षा कोषका कानूनी परामर्सदाता कपिलसिंह रावलले सामाजिक सुरक्षा कोषमा तत्काल सहभागि हुँदा राजयले विशेष छुटको व्यवस्था गरेको बताए ।

 कोषमा जोडिन पहिला व्यवसाय सूचिकृत हुनपर्ने भएकाले सवै व्यवसायीलाई आफ्नो व्यवसाय सूचिकृत गर्न उनले आग्रह गरे । कोषमा आवद्धहुँदा रोजगार दातले २० प्रतिशत र श्रमिकले ११ प्रतिशत रकम कोषमा जम्मा गर्नुपर्ने उनले बताए । यसरी कोषमा आबद्धभएका नागरिकले आवद्ध भएको १५ बर्ष पछि पेन्सन (निवृत्तिभरण) र अवकाश दुवै सुविधा लिन पाउने उनले बताए ।

 ‘सामाजिक सुरक्षा कोषमा ढिलो चाडो सवैले सहभागि बन्नै पर्छ उनले भने–‘तर यसै आर्थिक बर्ष भित्रै सहभागिभए सरकारले छुट दिने घोषणा गरेको छ । योगदानकर्ताले असाढ मसान्तभित्र कोषमा सहभागि हुने व्यक्तिको पेन्सनबापत जम्मा हुने २० प्रतिशत रकम सरकारले नै जम्मा गरिदिने बताए ।

 होलट व्यवसायीले भने सुदूरपश्चिम प्रदेशका श्रम रोजगार तथा सामाजिक सुरक्षा कोषको शाखा नहुँदा समस्या भएको बताउँदै पहिला कार्यालय स्थापना गर्न माग गरेका थिए । सामाजिक सुरक्षा कोषका बारेमा व्यवसायीले राम्ररी बुझ्न सकेका छैनन् होटल व्यवसायी संघ कैलालीका अध्यक्ष कलम बमले भने–‘व्यवसाय सूचिकृत गर्न पनि समस्या भएको छ, त्यसैले सुदूरपश्चिममा शाखा स्थापना हुनुपर्छ भन्ने हाम्रो माग हो ।

 जवाफमा सामाजिक सुरक्षा कोषका परामर्सदाता बोमलाल पराजुलीले यसैबर्ष भित्र सुदूरपश्चिममा कोषको कार्यालय स्थापना गर्न लागिएको बताए ।