धनगढी पोष्ट
बिहिबार, १३ फागुन २०७७ मा प्रकाशित
धनगढी
बजाजको बिएस–६ अटो रिक्सा धनगढीमा विक्रिवितरण सुरु गरेको छ ।
पेटो«लबाट चल्ने यो अटोको धनगढी स्थित दिनेश अटोमोटिभ्सले विक्रि वितरण सुरु गरेको हो । २ सय ३६ सिसिको इन्जिन क्षमता रहेको आटोमा आरामदायी बस्ने सिट, सुधारिएको नयाँ ह्यान्ड स्टार्ट सुविधा, जस्ता विशेषता रहेको दिनेश ग्रुपका प्रबन्धक यम प्रसाद ढकालले बताए । यो अटो नेपालमा एकैपटक बिहीबार देखी विक्रि वितरण सुरु भएको उनले बताए ।
अटोका स्पेयर पार्ट सस्तो मुल्यमा जुनसुकै सर्भिस सेन्टरमा पाउन सकिने उनले बताए । तराई तथा पहाडका सडकमा गुड्न सक्ने यो अटोको बजारमुल्य तत्कालका लागि ६ लाख २५ हजार ९ सय कायम गरिएको उनले बताए ।
कम तेलमा राम्रो माइलेज दिने बिएस–६ ले व्यवसायीको आम्दानी बढाउन सहयोग पु¥याउने उनले बताए ।