धनगढी पोष्ट
बिहिबार, ०४ असार २०७७ मा प्रकाशित
सुखड, कैलाली
कैलालीको घोडाघोडी नगरपालिकाबाट प्रहरीले ८ लाख ९३ हजार रुपैया सहित सात जना जुवाडेलाई पक्राउ गरेको छ । सुदूर पश्चिम प्रदेश प्रहरी अनुसन्धान ( आरईटी) समुह र ईलाका प्रहरी कार्यालय सुखडको टोली उनिहरुलाई प्रकाउ गरेको हो ।
प्रहरीले छापा मारेपछि चार जना घरको छतबाट हाम फालेर भागेका छन् । घोडाघोडी नगरपालिका १ सुखड स्थित करण थापाको घरमा जुवा खेल्दै गरेका घोडाघोडी नगरपालिका १ का दिपेश ऐर र अक्कल शाही, धनगढी उपमाहानगरपालिका ३ बिशालनगरका तुला राम अधिकारी, जानकी गाउँपालिका १ का कमल चौधरी, लम्की चुहा नगरपालिका ४का नवल बुढा, टिकापुर नगरपालिका १ का मोहन जोशी, बैतडी जिल्लाको पुर्चौडी नगरपालिका ८ का कैलाश धामी, पक्राउ परेका हुन् ।
बिशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गर्न सफल भएको ईलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । प्रकाउ परेका उनीहरुलाई जिल्ला चलान गरीएको ईलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरिक्षक शरिष शरण भट्टले जानकारी दिए ।