कैलाली युवक मृत्यु प्रकरण

शव बुझ्न मानेन् परिवारले

शव बुझ्न मानेन् परिवारले

धनगढी

 कैलालीको गोदावरी नगरपालिका५ गेटामा मृत अवस्थामा भेटिएका युवकको शव बुझ्न परिवारले बुझेका छैनन् । घटनाको सत्य तथ्य छानविन गर्न माग गर्दै परिवारले शव बुझ्न नमानेका हुन् ।

 परिवारले शव नबुझेपछि मृतकको शव सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ ।

 शनिबार बिहान गेटा मेडिकल नजिकै मृत अवस्थामा फेला परेका गोदावरी नगरपालिका५ का शिवचरण रानाको शव परिवारले नबुझेपछि सेती प्रादेशिक अस्पतालको शव गृहमै राखिएको हो ।

 घटनाको सत्यतथ्य छानविन गरी यथार्थ बाहिरल्याउनुपर्ने माग राखेर परिवारले शव बझ्न नमानेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए ।

 शिव चरणको हत्या गरिएको आसंकामा हाल सम्म प्रहरीले १२ जनालाई नियन्त्रणमा लगेर छानविन गरिरहेको प्रबक्ता विष्टले बताए । तर हाल सम्म घटनाको एकिन विवरण भने नआइसकेको उनले बताए ।

मृत अवस्थामा भेटिएका रानाको टाउकोमा धारिलो हतियार प्राहर गरीएको अवस्था भेटिएका थिए ।