धनगढी पोष्ट
सोमबार, १७ फागुन २०७७ मा प्रकाशित
धनगढी
कैलालीको घोडाघोडी नगरपालिकाबाट अवैधकाठ सहित २ जना पक्राउ परेका छन् ।
डिभिजन वन कार्यालय पहलमानपुरका अनुसार कैलालीको घोडाघोडी नगरपालिकाबाट अवैध सालका कडीसहित २ जनालाई नियन्त्रणमा लगिएको हो ।
सोमबार बिहान ६ बजे वडा नम्बर ४ को मेलघट्टी सामुदायिक वनको सिमानामा पर्ने सिमली खोलाबाट एउटा ट्याक्टरसहित, सालका कडी र २ जनालाई नियन्त्रणमा लिएको सव डिभिजन वन कार्यालयका प्रमुख समीर थापाले बताए ।
विशेष सूचनाको आधारमा सव डिभिजन वन कार्यालय र इलाका प्रहरी कार्यालय सुख्खडको टोलीले घोडीघोडी नगरपालिका–४ का जनक साउद र रामप्रसाद न्यौपानेलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
नियन्त्रणमा लगिएका दुवैजनालाई सव डिभिजन वन कार्यालय सुखडमा पठाइएको उनले बताए ।