धनगढी पोष्ट
बिहिबार, २० फागुन २०७७ मा प्रकाशित
धनगढी
डोटीको जोरायल गाउँपालिका–२ स्थित बुडरमा एक जना शिक्षक मृत अवस्थामा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बुडरमै घर भएका २७ बर्षि शिक्षक डम्मर भट्टराई बुडरबाट जोगबुढा जाने सडक खण्डमा मृत भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रबक्ता प्रहरी नायव उपरिक्षक इन्द्रबहादुर मल्लका अनुसार मृतक शिक्षक सडकबाट करिव ५ सय मिटर तल भिरमा मृत भेटिएका हुन् । उनि भूमिराज केदार आधारभुत विद्यालयमा अध्यापन गराउँदै आएका थिए ।
घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रबक्ता मल्ले बताए । अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कान्तिराज जोशीको नेतृत्वमा टोली परिचालन गरिएको उनले बताए ।