धनगढी पोष्ट
शुक्रबार, २१ फागुन २०७७ मा प्रकाशित
धनगढी
बैतडीकी १७ बर्षिया किशोरी भागरथी भट्टको हत्या प्रकरणमा पक्राउ परेका किशोर माथी थप अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले चौथोपटक म्याद थप गरेको छ ।
यस अघि ५–५ दीनको गरी तीन पटक म्याद थप गरिएको थियो । प्रहरीले अनुसन्धान प्रक्रिया केही बाँकी रहेको भन्दै जिल्ला अदालत बैतडीबाट चौथो पटक पनि ५ दीनका लागि म्याद थप गरेको हो । प्रहरीले नाबालक अभियुक्त पक्राउ गर्दा अनुसन्धानका लागि बढीमा २१ दीन म्याद थप गरी अनुसन्धानका लागि हिरासतमा राख्न पाउने कानूनी प्रावधान रहेको छ ।
प्रहरी हिरासतमा रहेका दोगडाकेदार ७ चडेपानीकै १६ वर्षीय दिनेशमाथि अनुसन्धानका जिल्ला अदालतबाट अन्तिम चौथो पटक म्याद थप गरिएको हो । दिनेशले भने यसअघि नै बलत्कारपछि हत्या आरोप स्वीकार गरीसकेका छन् ।
गत माघ २१ गते भागरथीको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दिनेशलाई फागुन ४ गते पक्राउ गरेको थियो । प्रहरीलु अनुसनधानका लागि भन्दै फागुन ५ गते पहिलोपटक, फागुन ९ गते दोस्रो, फागुन १४ गते तेस्रो र बुधवार चौथो पटक म्याद थपको अनुमति लिएको हो । नाबालकको हकमा प्रहरीले हिरासतमा राखेको २१ दिनभित्र अनुसन्धान सक्नुपर्ने कानुनी व्यवस्था छ ।
त्यहीअनुसार अन्तिम तथा चौथो पटक म्याद थप भएको बैतडीका प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । अहिले प्रहरीले घटनामा भट्टको संलग्नतालाई पुष्टि गर्ने थप आधार खोज्दै अनुसन्धान गरिरहेको छ ।
गत माघ २१ गते स्कूलबाट फर्किएकी भागरथी साँझ घर नफर्केपछि माघ २२ गते स्थानीय लवलेक जङ्गलमा निर्वस्त्र अवस्थामा शव भेटिएको थियो ।