धनगढी पोष्ट शुक्रबार, १५ फागुन २०८२   February 27, 2026

धनगढी स्थित फर्निचर शोरुममा आगलागी

धनगढी स्थित फर्निचर शोरुममा आगलागी

धनगढी

 धनगढी उपमहानगरपालिका४ स्थित एक फर्निचर पसलमा आगलागी हुँदा करोडौंको क्षेती भएको छ ।

 वडा नम्बर४ स्थित आलोक मल्टी कन्सर्न प्रालिमा मध्यान्न १२ बजेतिर आगो लागेको जनाइएको छ । आगलागीको कारण भने खुल्न नसकेको  प्रहरीले जनाएकोछ ।

 फर्निचर तथा डेकोरेसन सामाग्री रहेको उक्त पसलमा लागेको आगो नियन्त्रण गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

 आगो नियन्त्रण गर्न धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाका दमकल, सशस्त्र प्रहरी, नेपाली सेना र नेपल प्रहरी परिचालन भएका छन् ।