धनगढी पोष्ट शनिबार, १९ पुष २०८२   January 3, 2026

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

धनगढी

    गौरीगंगा नगरपालिकाकी १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

    प्रहरीले बिहिवार बेलुका बालिका बलात्कार गरेको आरोपमा गौरीगंगा नगरपालिकाका १९ वर्षीय नवीन साउद र २० वर्षीय चन्द्र साउदलाई पक्राउ गरेको हो ।

   जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता एबं प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बलात्कारको आरोपमा दुई जना पक्राउ गरिएको र घटनाको अनुसन्धान भईरहेको बताए । उनले भने –‘बालिकामाथि जवरजस्तीकरणी भएको भन्दै जाहेरी आएको छ, दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेका छौं ।