लैंगिक हिंसा न्युनिकरणबारे अन्तरक्रिया

लैंगिक हिंसा न्युनिकरणबारे अन्तरक्रिया

धनगढी

 अन्तराष्ट्रिय महिला दिवसको पुर्ब सन्ध्यामा लैंगिक हिंसा न्युनिकरणमा सरोकारवालाहरुको भूमिका बिषयमा  अन्तरक्रिया सम्पन्न भएको छ ।

आईतबार संवाद समुह धनगढीको  आयोजनामा  गरिएको अन्तरक्रिया कार्यक्रममा सहभागि बक्ताहरुले महिलाका कारण महिला नै हिंसामा पर्ने गरेको बताए । उनीहरुले हरेकको  घरमा हिंसाका घटना भईरहेका जसमा महिलाको नै सहभागिता रहने गरेको बताए ।

 ‘महिलाले महिला माथि बढी हिंसा गर्ने गरेका छन् महिला वडा सदस्य खगेश्वरी जोशीले भनिन–‘पढेलेखेकी महिला नै अर्को महिला माथि सौता बन्न जान्छन, योभन्दा ठुलो हिंसा के  होला  ? उनले  भनिन् –‘पुरुषले  मात्र महिले हिंसा नगरी महिलाले  पनि पुरुष हिंसा गरिरहेका छन ।  श्रीमान बिदेशमा दुख गरेर पैसा कमाउने यता श्रीमती बिदेशबाट पठाएको पैसा समेत लगेर अर्कै केटा संग हिडने गरेका  वडा सदस्य जोशीले बताईन ।

 यस्तैअर्का वडा सदस्य यमुना जोशीले महिलाका नाममा कानुन बन्ने तर कार्यान्वयन नहुँदा हिंसा बढेको बताईन । उनले हरेक ठाउँमा  महिला हिंसा भईरहेको  बताउँदै घरबाट निष्केदेखि घरपुग्दा सम्म बिभिन्न खालका हिंसा भईरहेको उल्लेख गरिन । अनेमसंघकी जिल्ला सदस्य लक्ष्मी  रिजालले धेरै महिलालाई आफ्ना अधिकारका बारेमा  समेत जानकारी नभएको बताईन । उनले भनिन्–‘महिलाले पनि हिंसाबाट  बच्न उपायको  खोजिगर्नु पर्छ, यसमा पुरुषले  सहयोग गर्नुपर्छ  ।

   याक नेपालका सर्जु चौधरीले नीतिको बुझाईमा समस्याले पनि कार्यान्वयनमा कठिनाई  भईरहेको बताए  । उनले  लैंगिक हिंसा न्युनिकरणका लागि सबैले आ आफ्नै घरबाट सुरु गर्नुपर्ने बताए ।

संबिधान सभा सदस्य हरी श्रीपाईलीले अधिकारका क्षेत्रमा धेरै परिबर्तन भएपनि   पढेलेखेकै मान्छेबाट हिंसा भईरहेको  बताए । उनले मानसिक  चेतनामा अझै कमी रहेको उल्लेख गरे । यस्तै  प्रदेश सभा सदस्य चुनकुमारी चौधरीले महिला सक्षम हुन तथा हिंसामा कमी ल्याउन  घरघरबाट सहयोग हुनुपर्ने बताईन । उनले महिलाले चाहेर मात्र हिंसा न्युनिकरण नहुने त्यसका लागि पुरुषको सहयोग आवश्यक रहेको उल्लेख गरिन्  ।

 संवाद समुहका सदस्य प्रभात चौधरीले महिला पुरुष सबैले आ आफ्नो अधिकार र कर्तब्यका बारेमा सचेत भएपछि मात्र लैगिक हिंसामा कमी हुने बताए । संवाद समुहकी सदस्य सरु चौधरीको अध्यक्षतामा सम्पन्न अन्तरक्रियामा कर्ण शाहले सहजिकरण गरेका थिए ।