धनगढी पोष्ट
मङ्गलबार, २५ फागुन २०७७ मा प्रकाशित
धनगढी
कैलालीमा फेरी आगजनी हुँदा ठुलो क्षेती भएको अनुमान गरिएको छ ।
कैलालीको गोदावरी गरपालिका–५ गेटास्थित केएस कन्ट्रक्सनमा आगलागी भएको हो । केएस कन्ट्रक्सनले सुदूरपश्चिमका सवै क्षेत्रमा पएका ठेक्का स्टोर रहेका सो गोदाममा आगलागी हुँदा ठुलो क्षेती भएको जनाइएकोछ ।
निर्माण सामाग्री, खाद्यान्न, मेसिनरी औजार र गाडीका सामाग्री राखिएको गोदाममा आगलागी हुँदा १ करोड बराबरको क्षेती भएको केएस कन्ट्रक्सनका मेनेजिङ डाइरेक्टर भीम पालले बताए ।
बिहान करिव ४ बजे आगको लागेको थाहा पाएपनि आगो कतिवेला लाग्यो भन्ने बारेमा जानकारी नभएको उनले बताए ।
उनका अनुसार आगलागीबाट ८० देखी १ करोड सम्म क्षेती भएको अनुमान गरिएको छ । गोदाममा रहेका ७० वटा भ्येइकलका टायर ६० वटा बसका ब्याट्री, ६० हजार बरोबरको रासन, निर्माण सामाग्री, मेसिन आगलागीका कारण पूर्ण रुपमा नष्ट भएका उनले बताए ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख तथा प्रहरी नायव उपरीक्षक प्रेम शाहीका अनुसार आगलागीको कारण जानकारी नभएपनि विद्युत सर्ट भएको हुन सक्नेबताए । रातकिो समयमा आगलागीभएको हुँदा बिद्युत सर्ट भएको हुन सक्ने उनले बताए ।
गोदाममा लागेको आगो, गोदावरी नगरपालिका र धनगढी उप–महानगरपालिकाको दमकल, स्थानीय र प्रहरीको सहयोगमा विहान ५ बजे मात्रै नियन्त्रणमा आएको थियो ।
यस अघि फागुन २२ गते धनगढी उपमहानगरपालिका ४ चटकपुरस्थित आलोक मल्टी कन्सर्नमा आगालागी हुँदा ८ करोड बराबरको क्षति भएको प्रहरीले जनाएको थियो ।