धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

जिल्ला वचत तथा ऋण सहकारी संघद्वारा मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग

जिल्ला वचत तथा ऋण सहकारी संघद्वारा मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग

धनगढी

 जिल्ला वचत तथा ऋण सहकारी संघ लिमिटेड कैलालीले आफ्नो ९ औं स्थापना दिवसका अवसरमा धनगढी स्थित मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग गरेको छ ।

 ९ औं स्थापना दिवस मनाउने क्रममा संघले बुधबार आश्रममा पुगेर ११ हजार १ सय ११ रुपैयाँ मुल्य बराबरको चामल, दाल, चिउरा, तेल, चाउचाउ, वितरण गरेको संघकी अध्यक्ष शिवा थापाले बताइन् ।

 

  सो सामाग्री राष्ट्रिय सहकारी महाँसंघंका पूर्व सञ्चालक एवं सहकारी अभियानता भोज बहादुर वमले हस्तान्तरण गरेका हुन् । जिल्ला वचत तथा ऋण सहकारी संघकी अध्यक्ष शिवा थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।