धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

समाजसेवी बद्रीनाथ भण्डारीका छोराहरुद्वारा एम्बुलेन्स सञ्चालन गर्ने घोषणा

समाजसेवी बद्रीनाथ भण्डारीका छोराहरुद्वारा एम्बुलेन्स सञ्चालन गर्ने घोषणा

धनगढी

समाजसेवी एबं दानविर स्व. बद्रीनाथ भण्डारीको ४५ औं दिनको पुण्य तिथीका अवसरमा उनका छोराहरुले एम्बुलेन्स सञ्चालन गर्ने घोषणा गरेका छन् ।

  धनगढी स्थित बद्रिनाथ सामुदायिक सिकाई केन्द्रले आयोजना गरेको स्रष्टा सम्मान कार्यक्रमका अवसरमा स्व दानबिर भण्डारीका छोरा मोहन भण्डारी, राजेश भण्डारी र बिनोद भण्डारीले सिकाई केन्द्रले नै सञ्चालन गर्ने गरी एम्बुलेन्स सञ्चालन गर्ने घोषणा गरेका हुन् ।

 ‘हामीले ४५ औं दिनको पुण्य तिथीका अवसरमा एम्बुलेन्स नै हस्तान्तरण गर्ने सोच बनाएका थियौं सम्झौता पत्रमा हस्ताक्षर गर्दै स्वर्गिय भण्डारीका कान्छा छोरा राजेश भण्डारीले भने –‘तर विभिन्न प्राबिधिक कारणले त्यो हुन सकेन, जतिसक्दो छिटो एम्बुलेन्स बद्रीनाथ सामुदायिक सिकाई केन्द्रमा हस्तान्तरण गरिने छ ।

 सम्झौता पत्रमा बद्रिनाथ सामुदायिक सिकाई केन्द्रकी अध्यक्ष चित्रा भण्डारी र स्व भण्डारीका ३ छोराले हस्ताक्षर गरेका   छन् । यसैगरी सम्झौता पत्रमा साँछीका रुपमा प्रदेशसभा सदस्य डिल्लीराज पन्तले पनि हस्ताक्षर गरेका छन् ।

११ जना स्रष्टा सम्मानित

स्व दानविर बद्रीनाथ भण्डारी स्वयमले घोषणा गरेको स्रष्टा सम्मान कार्यक्रम उनले पुरा गर्न नसकेपछि बद्रीनाथ सामुदायिक अध्ययन केन्द्रले एक कार्यक्रमका विच ११ जना स्रस्टालाई सम्मान गरेको छ ।

  बद्रीनाथ भण्डारीको ४५औं दिनको पुण्य तिथीको अवसर पारेर शनिबार सामुदायिक सिकाई केन्द्रले स्रष्टालाई ११ हजार नगद सहित सम्मान गरेको हो । सम्मानित हुनेमा डाक्टर टिएन जोशी, श्रेष्ठप्रिया, निर्मल कुमार भण्डारी, हेमन्ती जोशी, मनिराज जोशी लगायत रहेका  छन् ।

सामाजिक सेवा तथा सामाजिक कार्यमा अग्रणी भूमिका खेल्दै करोडौंको सम्पति दान गरेर दानविरको उपमा पाएका स्वर्गिय बद्रिनाथ भण्डारीलाई मरणोपरान्त अभिनन्दन गरिएको छ । स्व भण्डारीको ४५ औं दिनको तिथीका अवसरमा शनिबार बद्रिनाथ सामुदायिक अध्यन केन्द्र र शारदा मावि बैयाँ बेहडीले अभिनन्दन गरेको हो । अभिनन्दन पत्र स्व भण्डारीका छोरा तथा छोरीले संयुक्त रुपमा बुझेका हुन् ।