धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

कैलालीमा बिहीबारदेखी लकडाउन

धनगढी

  कैलालीमा बिहीबारदेखी लकडाउन गरिने भएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको सिफासिरमा जिल्ला प्रशासन कार्यालय कैलालीले वैशाख १६ देखि लकडाउन गर्ने निर्णय गरेको हो ।

 मंगलबार बसेको सर्वदलीय बैठकले कोरोनाका बिरामीको संख्या दिनदिनै बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयलाई लकडाउन गर्न सहमति दिएको थियो ।

 यसअघि सोमबार कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीको धनगढीमै बसेको संयुक्त बैठकले दुबै जिल्लामा रात्रीकालिन लकडाउन मात्रै गर्ने निर्णय गरेको थियो ।

भारतबाट आउनेलाई घर आउन रोक्न सकिदैन, तर सामान्य रुपमा भारत जानमा रोक लगाउने निर्णय गरिएको छ कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले भने– ‘अहिलेको कोरोनाको चेन ब्रेक गर्न पनि लकडाउन गर्नुपर्ने बाध्यता देखियो, १६ गते  बिहान ६ बजेदेखि २२ गते बेलुका १२ बजे सम्म एक हप्ताका लागि जिल्ला भरी लकडाउन गर्ने निर्णय गरेका छौं ।