धनगढी पोष्ट
शनिबार, ०६ असार २०७७ मा प्रकाशित
धनगढी
अत्तरिया बजार आजेखि बन्द गरिएको छ । कोरोनाको जोखिम बढेपछि गोदावरी नगरपालिकाले अपिल जारी गरि बन्दका लागि आग्रह गरेपछि उद्योग बाणिज्य संघको सहमतिमा अत्तरिया बजार बन्द गरिएको हो ।
गोदावरी नगरपालिकामा कोरोना संक्रमण फैलिदै गएको र एक जना संक्रमितको मृत्यु भएकोले अर्काे सूचना जारी नहुँदासम्म नगरपालिका लगायत अत्तरिया बजार पूर्ण रुपमा बन्द गरी बजार क्षेत्रमा भिडभाड नगरिदिन अपिल गरेको छ ।
अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोक देवकोटाले नगर क्षेत्रमा संक्रमण बढ्दै गएका कारण केही दिनका लागि बजार व्यवसाय बन्द गर्ने समझदारी भएको बताए । उनले तत्काल १५ दिनका लागि अत्यावश्यक बाहेकका सबै व्यवसाय बन्द गर्ने गोदावरी नगरपालिका लगायतका निकायसँग समझदारी भएको जानकारी दिए ।
गोदावरीमा गत जेठ २४ गते पहिलो पटक कोरोना संक्रमण देखिएको थियो । जेठ ३२ गते कोरोना पुष्टि भएका गोदावरी १ का ४६ बर्षिय पुरुषको भने मृत्यु भईसकेको छ ।