धनगढी पोष्ट मङ्गलबार, २९ पुष २०८२   January 13, 2026

काठमाण्डौ उपत्यकामा जेठ १३ सम्म निषेधाज्ञा थप

काठमाडौं उपत्यकामा वैशाख १६ गतेबाट सुरु भएको निषेधाज्ञा बुधबार सकिने भएपछि दुई साता थपिएको हो ।

काठमाण्डौं । उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा १५ दिन थपेको

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भएको बैठकले उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञा थप्ने निर्णय भएको जानकारी दिए उनले भने, ‘पसल खोल्ने समय बिहान १० बजेसम्म पुरयाइएको , पार्टी प्यालेसमा विवाह व्रतबन्ध रोक्ने अत्यावश्यक बाहेकका सबै कार्यालय बन्द गर्ने निर्णय भएको

बैठकमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुली, भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई ललितपुरका निमित्त प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेत सहभागी थिए

यसअघि तीन वटै जिल्लाले आआफ्नो जिल्लामा छलफल गरेका थिए

काठमाडौं उपत्यकामा वैशाख १६ गतेबाट सुरु भएको निषेधाज्ञा बुधबार सकिने भएपछि दुई साता थपिएको हो

सरकारले ठूला सहरमा ५०० बढी संक्रमित भए पहाडी जिल्लामा २०० बढी संक्रमित भएपछि स्थानीय प्रशासनले नै निषेधाज्ञाको निर्णय गर्न सक्ने अधिकार दिएको