धनगढी पोष्ट
शनिबार, ०१ जेठ २०७८ मा प्रकाशित
बैतडी । बैतडीको सुर्नया गाउपालिकमा प्रहरीले चरेश सहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
रौलेश्वर प्रहरीचौकीको टोलीले मोटरसाइकल चेकगर्दा झोलामा ७ सय ग्राम चरेश भेटिएपछि २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।
पक्राउ पर्नेमा सुर्नया ५ रौलेश्वरका अन्दाजी ३० बर्षीय सुरेश बिष्ट र सोही ठाउँका अन्दाजी २५ बर्षीय प्रकाश बिष्ट रहेको प्रहरीले जनाएको छ । झोलामा चरेश भेटिएपछि सु प प्र ४००१ प ००१५ नम्बरको मोटरसाइकल सहित दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरी निरीक्षक खड्काले घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी टोली खटिएको बताए ।